
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने भएको छ । बेलायतस्थित नेपाली समुदायका हितमा नेपाली भाषामा जनचेतना फैलाउने कार्यक्रम अघि सारेको हो ।
उक्त कार्य पत्रकारवीच छलफल चलिरहेकाले केही दिनमा निष्कर्षमा पुग्ने जनाइएको छ । जनहितका लागि महासंघ यूकेले गर्न लागेको कोरोना भाइरसबाट बच्ने सचेतनाका समाचारहरु नेपाली भाषा मात्रै बुझ्ने बृद्धबृद्धाहरुमा केन्द्रीत रहेको महासंघ यूकेले जनाएको छ । यहाँका पत्रकारहरु समुदयसँग मिलेर अघि बढीरहेका बेला जनहितमा गरिने यस्ता कार्य गर्नाले आपसी सद्भाव अझ उचो हुने अपेक्षा महासंघ यूके शाखाले गरेको छ ।
आदरणीय पत्रकार मित्रहरु,
कोरोना भाइरस (कोभिड १९) का कारण संसार अहिले आतंकित छ । हामी बसोबासरत मुलुक बेलायतमा समेत यो पंक्ति तयार पार्दासम्ममा सो भाइरसबाट आठ जनाको मृत्यु भइसकेको छ र करीव पाँच सयमा सो भाइरसको लक्षण देखिइसकेको छ । भाइरसका कारण हालसम्ममा मृत्युहुनेहरुमा धेरैजसो वृद्धावस्थाका छन् र हामीलाई थाहा भएकै कुरा हो सो उमेर समूहमा पर्ने हाम्रा नेपाली बाबाआमाहरुको संख्या पनि उल्लेखनीय नै छ । सो भाइरसबाट अपनाउनुपर्ने सावधानीका बारेमा अहिले युकेमा प्राय अंग्रेजी भाषामा प्रचार सामग्रीहरु धेरै भेटिन्छन् । यसका साथै सामाजिक सञ्जालमा कतिपय सत्य, कतिपय भ्रामक सामग्रीहरु पाइन्छन् । खासगरी वृद्धावस्थाका नेपालीहरुलाई नेपाली भाषामा कोरोना भाइरसबाट बच्ने सही उपायका बारेमा जानकारी दिलाउनु अहिले बेलायतस्थित नेपाली समुदायको दायित्व हो । समाजलाई सुसूचित बनाउनु हाम्रो पनि जिम्मेवारी भएकाले नेपाल पत्रकार महासंघ युकेका तर्फबाट नेपाली भाषामा जनचेतनामूलक सामग्री तयार गर्ने मनसाय राखी पत्रकार साथीहरुमाझ आवश्यक परामर्शका लागि यो अवधारणा पेश गरिएको छ ।
यस अवधारणाअनुसार इच्छुक पत्रकार साथीहरुबाट स्वयंसेवी ढंगमा जनचेतनामूूलक प्रचार सामग्री तयार पारिनेछ र युकेमा सञ्चालित सबै मिडियाहरुलाई प्रकाशन प्रसारणका लागि उपलब्ध गराइने छ । त्यस्ता सामग्रीको मुख्य उद्देश्य कोरोना भाइरसबाट बच्न, सतर्क हुन नेपाली भाषामा सामग्री उत्पादन गर्ने रहेको छ । यो योजनाका लागि कुनै प्रकारको सहयोग राशी उपलब्ध भएको छैन । पत्रकार साथीहरुबाट यस योजनाका लागि सुझाव, परामर्शको अपेक्षा गरिएको छ । साथै सो योजनामा सरिक हुन चाहने साथीहरुमा ऐक्यवद्धताका लागि सहर्ष अनुरोध गर्दछु ।
नरेश खपाङ्गीमगर
अध्यक्ष
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण