
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले विहीवार गर्न लागेको १५ औं स्थापना दिवसमा भाग लिन एनआरएनए आईसिसि अध्यक्ष कुमार पन्त बेलायत ओर्लिएका छन् ।
कार्यसमिति बाहिरबाट एक जना आईसिसि सदस्यलाई कार्यक्रम संयोजक तोकिएको र एनआरएनएको नाममा पैसा उठाउने अधिकार दिएको विरोधबीच हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष पन्त लण्डन उत्रिएका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुदैछ ।
शालिन स्वभावका अध्यक्ष पन्तले यहाँ बस्दा एनआरएनए यूकेको विवाद समाधान गर्न सवै पक्षसँग भेटघाट गर्ने बताइएको छ । एनआरएनए यूके वैठकले ५ मार्चलाई आफ्नो स्थापना दिवस मनाउने निर्णय गरेको थियो । उक्त स्थापना दिवस संयोजन गर्ने जिम्मा आईसिसि सदस्य रामशरण सिम्खडाले पाएका थिए ।
तर, एनसिसिलाई बाईवास गरेर आईसिसि सदस्यलाई कार्यक्रम गर्न र समुदायसँग चन्दा उठाउन दिने अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईको निर्णय माथि आर्थिक पारदर्शीताको प्रश्न उठाउदै चार उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले पत्रकार सम्मेलन मार्फत विरोध गरिसकेका छन् । उनीहरुले कार्यक्रममा सहभागी नहुने जनाउ पनि दिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?