एनआरएनए यूके: जनताको पैसा खर्च गरेर आफूले आँफैलाई सम्मान !


लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले एउटा विवादित कार्यक्रम आयोजनाको तयारी गरेको छ । शनिवारदेखि तीव्र रुपमा प्रचार गरिएको उक्त कार्यक्रम खादा र ताम्रपत्रसहित सीमित ब्यक्तिलाई सम्मान गर्ने तयारीले आलोचना भएको हो । १४ बर्षसम्म नगरिएको यस्ता कार्यक्रम अहिले आयोजना गर्न खोजिनुले एनआरएनए अभियन्ताहरुले प्रश्न गर्न थालेका छन् ।

तत्कालिन ५ मार्च २००५ लाई स्थापना दिवस मानेर एनआरएनए यूकेले १५ औं स्थापना दिवस मनाउन लागेको छ । कार्यक्रम संयोजक आँफैले आँफैलाई पहिलोपटक सम्मान गर्नेछन् । नेपाली समुदायबाट रकम उठाएर आँफैले आँफैलाई  पहिलो पटक सम्मानको इतिहास कार्यक्रम संयोजक रामशरण सिंखडाले रच्नेछन् । एनआरएनए यूकेले स्थापना दिवस मनाउन लाग्दा संस्थापक मध्येका एकमा स्वयं सिंखडा थिए ।

संस्थापक अभियन्ता मध्येका थर्क सेनले सामाजिक संजाल फेसवुकमा कार्यक्रमका बारेमा प्रश्न उठाएका छन्। उनीसँगै धेरै एनआरएनए अभियन्ताहरुले प्रश्न गरेका छन् । एनआरएनए उपाध्यक्ष नारायण कँडेलले त कार्यक्रम बारेमा अनविज्ञता समेत प्रकट गरे ।

एनएनआरएनए अन्तर्राष्ट्र्यि समन्वय परिषद्ले हरेक बर्ष ११ अक्टोबरमा स्थापना दिवस अर्थात एनआरएनए डे मनाउंदै आएको छ । जसलाई एनआरएनएका ८० वटा शाखाले पनि मनाउंदै आएका छन् ।

लामो समय समाजमा काम गरेका मध्ये सकृयताका आधारमा समाजसेवी हुनु पर्नेमा एनआरएनए यूके जन्माउँदा उपस्थित हुने ब्यक्तिहरुलाई सम्मान गर्न लागिएको भनिएको छ । त्यसको जिम्मा पनि एक जना विवादित ब्यक्ति रामशरण सिंखडालाई संयोजन गर्न दिएर । पूर्वजहरुको सम्मान र यसको प्रभाव नामक कार्यक्रममा आईसिसिमा मनोनित सिंखडाले अहिले एनआरएनए आफूलाई समुदायको केन्द्र भागमा देखाउन यस्तो कार्यक्रम ल्याएको बताइन्छ ।

शनिवार विहानदेखि नै आफूले सामाजिक संजालमा राखेको प्रचारलाई निकट ब्यक्तिमार्फत शेयर, लाईक र कमेन्ट गर्न लगाएका छन् ।

समाजसेवा गरेको मूल्यांकन गरि ताम्रपत्रसहित खादा लगाउने कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी, एनआरएनए आईसिसि अध्यक्ष कुमार पन्त, अध्यक्ष पुनम गुरुङसगै एउटै सिटमा बस्ने र समाजसेवीलाई वितरण गरिने ताम्रपत्रमा संयोजकको हैसियतमा हस्ताक्षर गर्ने उनको योजना रहेको स्रोत बताउँछ ।

बेलायतस्थित नेपाली समुदायमा विदास्पद हैसियत बनाएका सिंखडालाई यत्तिको अवसर जुराउन निकै गाह्रो छ । निर्वाचित भन्दा पनि अरुको सिफारिसमा परेर आईसिसि सदस्यसम्म पुगेका सिंखडाले अतिथिको लहरमा बस्ने योजना बनाएका हुन् ।

आर्थिक रुपमा टाट पल्टिएको एनआरएनए यूकेले समुदायसँग चन्दा असुलेर गर्ने यस्ता कार्यक्रमको प्रभाव भने शुन्य प्राय छ । नयाँ नेतृत्वले कार्यभार सम्हालेको ६ महिना बित्दा पनि कुनै काम गर्न सकेको छैन् तर खादा माला लगाउने कार्यलाई भने निरन्तरता दिइरहेको छ । यसले नेपाली समुदायलाई भने कुनै उपलव्ध हासिल हुदैन् ।

उनले बाड्ने ताम्रपत्र र खादा कस कसले लगाउने भन्नेबारेमा अहिले एनआरएनए यूकेले नामावली सार्वजनिक गरेको छैन् । संस्थापकहरुका नाममा पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेर आफूप्रति नरम बनाउने योजनामा संयोजक सिंखडा छन् । आफ्नो भन्दा बरिष्ठ भएर केन्द्रीय सल्लाहकारका रुपमा काम गरेकालाई भने उनले सम्मानको मापदण्डमा राखेका छैनन् ।

यस्ता विवादित ब्यक्ति र विवादित कार्यक्रमले समाजसेवा भनेर दैनिक नेपाली समुदायका कार्यक्रममा दौडिने र एनआरएनए केन्द्रमा सकृय लागिरहेका ब्यक्तिलाई भने ‘कुरीकुरी’ भन्नेछ । किनकी ‘एनआरएनए डे’ ८० शाखाहरुले मनाउने चाडलाई एनआरएनए १५ औं स्थापना दिवसले जिस्काउने छ ।

समाजमा उपलव्धी दिने भन्दा पनि चरम आर्थिक दुरुपयोगको भारी बोकी रहेको एनआरएनए यूकेले गर्ने यस्ता कार्यक्रमको मूल्याकंन ढिलाचाँडो पक्कै हुनेछ । छनोट ब्यक्ति र कार्यक्रमले एनआरएनको साख बढाउने भन्दा पनि आफूलाई प्रयोग गर्ने साधनका रुपमा विकास गर्दै लानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री