लन्डन–ब्रिगेड अफ गोर्खाजको इन्टेक २/१९८० का नम्बरीहरुले आफ्ना स्वर्गीय सहकर्मी कर्ण राईकी सुपुत्री रोजी राईको उपचारका लागि बेलायतमा सहयोग जुटाएका छन् ।
गत बिहीबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा इन्टेक २/१९८० का अध्यक्ष तथा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले ३,४५० पाउण्डको चेक रोजी राईका भाई कबिन राईलाई हस्तान्तरण गरे ।
सो अवसरमा उनले रोजी राईको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग जुटाउने सबै नम्बरीहरुलाई हार्दिक धन्यवाद दिए ।
इन्टेक २/१९८० का नम्बरी कर्ण राईको झन्डै ६ महिना पहिले ब्रुनाईमा मस्तिष्कघातबाट निधन भएको थियो । अध्ययनका लागि अमेरिका गएकी स्वर्गीय राईकी छोरी रोजी राई केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित भएकीले उनको उपचारार्थ सहयोग संकलन गरिएको थियो ।
केही नम्बरीहरुले रोजी राईको उपचारार्थ सहयोग सिधै अमेरिका पठाएको पनि उपमेयर गुरुङले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा इन्टेक २/१९८० का कोषाध्यक्ष कपिल राई तथा कार्यसमिति सदस्य खड्कबहादुर गुरुङको पनि उपस्थिति थियो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?