लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले व्यापार वृद्धिसम्बन्धि रणनीति र बेलायती करप्रणालीबारे जानकारी दिन लन्डनमा एक सेमिनार गरेको छ ।
इलिङस्थित डबल ट्री हिल्टनमा बुधबार सांझ आयोजित ‘बिजनेस हेल्थ चेक एण्ड बिजनेस ग्रोथ स्ट्रयाटेजी’ विषयक सेमिनारमा नेपाली तथा बेलायती व्यवसायी सहभागी थिए । सहभागीलाई ‘बिजनेस ग्रोथ स्ट्रयाटेजी’ र बेलायतको कर प्रणालीबारे जानकारी तथा परामर्श दिइयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिएनसीसी अध्यक्ष डा. कपिल रिजालले आफ्नो संस्थाले नेपालमा लगानी र बेलायतमा व्यवसाय प्रवर्धनका लागि पुलको रुपमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । उनले बेलायतसंग द्विपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) र नेपालमा कायम रहेको दोहोरो कर प्रणाली हटाउने पक्षमा सरकारसंग पहल भइरहेको जानकारी पनि दिए ।
सेमिनारमा बिएनसीसी उपाध्यक्ष बिराज भट्टले नेपालीद्वारा सञ्चालित नयां ‘स्टार्टअप’ कम्पनीका लागि समेत उपयोगी हुने गरी कार्यक्रमको अवधारणा ल्याइएको बताए । भट्टले बिएनसीसीको संक्षिप्त परिचयसहित संस्थाका भावी कार्यक्रम तथा गतिविधिबारे अवगत गराएका थिए ।
सो अवसरमा बेलायती बिजनेस कोच चाल्स मक्लिलाण्डले व्यवसाय कसरी वृद्धि गर्ने भन्नेबारे रणनीतिक प्रस्तुति दिए । व्यवसायमा आउने उतारचढाव र त्यसको सामना गर्न आवश्यक कदमबारे उनले सहज तरिकाले वर्णन गरेका थिए । अर्का वक्ता गोल्ड मेडलिष्ट अकाउन्टेन्ट सरोज सापकोटाले बेलायतको कर प्रणालीका विभिन्न पक्षबारे प्रस्तुति दिए ।
बिएनसीसीका प्रमुख कार्यकारी (अनरेरी) रिचर्ड पेलीले सञ्चालन गरेको प्रश्नोत्तर सत्रमा सहभागीका जिज्ञासामा अध्यक्ष डा. रिजाल, अन्य पदाधिकारी र वक्ताहरुले जवाफ दिएका थिए ।
त्यसक्रममा ब्रिटेन नेपाल एनजिओ नेटवर्क (ब्रान्गो) का अध्यक्ष डेभिड थोमस र सिइओ निक हिन्टनले नेपालमा ११ सय ३९ बेलायती च्यारिटी क्रियाशिल रहेको जानकारी दिंदै उनीहरुको सहभागितामा आउंदो मेमा लण्डनस्थित नेपाली दूतावाससंग मिलेर एक विशेष कार्यक्रम गर्न लागिएको जनाए ।
कार्यक्रममा बेलायतस्थित नयां-पुराना नेपाली व्यवसायी तथा पत्रकारसहित करिब ६० को सहभागिता थियो ।
तस्बिर- शिव भण्डारी/नरेन्द्र बस्नेत
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न