लण्डन । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रतिवद्धता आएको परियोजनाका युके संयोजक तथा एनआरएनए युकेका कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगरले जानकारी दिए ।
शाखाका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरु गरी करिब ३० जनाको उपस्थिति रहेको सो बैठकमा २० जनाले लगानीको प्रतिवद्धता गरेका थिए । संयोजक रोकाले सो अवसरका लागि शाखाका सल्लाहकार क्याप्टेन भीम सारुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
धौलागिरी कालिका हाइड्रो लिमिटेडको लगानीमा बन्न लागेको सो हाइड्रोको कुल लगानी ५ अर्ब १५ करोड रुपियाँ अनुमान गरिएको छ । सो मध्ये ३० प्रतिशत लगानीकर्ताहरुबाट र ७० प्रतिशत बैँकबाट जुटाइने बताइएको छ । बैँकबाट जुटाइने लगानीका लागि ६ वटा बैंकहरुले सहमति जनाइसकेका छन् ।
अहिले सुरुङको काम भइरहेको र अर्को वर्षबाट हेडवर्क्स र पावरहाउसको काम शुरु हुने सो परियोजना विसं २०७९ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो परियोजनामा लगानी गर्न चाहनेहरुले न्यूनतम १० लाखदेखि लगानी गर्न सक्ने बताइएको छ । सीधा वैदेशिक लगानी योजना अन्तर्गत बेलायतबाट लगानी गरिने भएकाले लाभांश नेपाल वा बेलायत जहाँ पनि प्राप्त गर्न सकिने रोकाले बताए ।
लगानीकर्ताहरुसित समन्वयका लागि बेलायतको विभिन्न स्थानमा भेला भइरहेको पनि उनले जानकारी दिए ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]