लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले नेपाली समुदायबीच अन्तरसंवाद कार्यक्रम शुरुवात गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके संघसंस्था विभागले लन्डन सडबरीस्थित हिमालयन क्लबमा आइतबार कार्यक्रम गरेको हो ।
एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा भएको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आइसीसी सदस्य एवं संघसंस्था विभाग यूके सल्लाहकार रामशरण सिम्खडा, एनआरएन युरोप उप संयोजक कृष्ण तिमल्सेना, आइसीसी सदस्य बिजन भट्ट लगायतको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै संयोजक रोजिना प्रधान राईले संघसंस्था तथा नेपाली समुदायसंगको सहकार्यमा मात्र अगाडि बढ्न सकिने बताउंदै प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तय गर्न सहयोग पुग्ने बताइन् ।
एनआरएन यूके अध्यक्ष पुनम गुरुङले आफूहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसंगको अन्तरक्रिया गर्ने रहेकाले आफ्नो भनाई राख्न भन्दा समाज र संस्थाको कुरा सुनेर अगाडि बढ्ने बताइन् । उनले पछिल्ला केही भ्रामक समाचारले समाजमा अन्योल पारेको भन्दै ‘रे होइन, हो’ भन्ने निष्कर्षमा पुग्नुपर्ने धारणा राखेकी थिइन् । उनले पावर पोइन्ट माध्यमद्वारा संघले सम्पन्न गरेका कार्यक्रम लगायत भावी योजनाबारे उल्लेख गरिन् । बेलायतका विभिन्न स्थानमा आयोजना गरिने यस खालका कार्यक्रमले गैर आवासीय नेपाली संघ र विभिन्न संघसंस्थाबीचको सम्बन्ध निकट बनाउन सफल हुने उनको विश्वास थियो ।
विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुको जिज्ञासा प्रष्टयाउंदै अध्यक्ष गुरुङले एनआरएनले सानो तिनो मुद्दा भन्दा राष्ट्रिय मुद्दालाई लिएर अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा निर्वाचन प्रक्रिया र एनआरएन परिचयपत्र व्यवस्थित गरिनुपर्ने, आर्थिक कारोवार पारदर्शी, नेपाली भाषा साहित्य प्रवर्धन, सामाजिक सञ्जाल नियन्त्रण गरिनुपर्ने जस्ता मुद्दा सबैको चासो थियो । सबैको सल्लाह सुझाव र प्रतिक्रिया समेटेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष गुरुङले व्यक्त गरेकी छन् ।
कार्यक्रममा आइसीसी सदस्य रामशरण सिम्खडाले डिजिटल कार्डको तयारी भइरहेको र निकट भविष्यमा नै मोबाइल एप्स् मार्फत विभिन्न सुविधासहित कार्ड आउने बताए । एनआरएनको १५ औं वार्षिकोत्सवका अवसरमा अग्रज तथा संघप्रति योगदान पुरयाउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरेका छन् ।
एनआरएनए अध्यक्ष कुमार पन्तले भनेको ‘नो मेम्बर फि’ बारे जानकारी गराउंदै युरोप उप संयोजक कृष्ण तिमल्सेनाले एनआरएन फाउन्डेसनको काम अगाडि बढेको बताए ।
अन्तरसंवाद कार्यक्रममा यती नेपाली एसोसिएसन यूके, क्याट यूके, एनबिसी यूके, नर्सिङ एसोसिएसन यूके, किरांत राई यायोक्खा यूके, आदिवासी जनजाती महिला महासंघ यूके, पासापुच यूके, क्याटरिङ एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, बृटिस वल्फेयर सोसाइटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, देवाचन बुद्धिष्ट सेन्टर, ओएनएफ यूके, शेर्पा किदुङ, अर्घाखांची समाज यूके, क्षेत्री समाज यूके, तमुधिं लन्डन ईकाईलगायत संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । उक्त कार्यक्रम विष्णु चालिसेले सञ्चालन गरेका थिए ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र