लन्डन । राजेन्द्र पुडासैनी सामाजिक अभियन्ता तथा सादगी नेताका रुपमा बेलायती नेपाली डायस्पोरामा स्थापित छन् ।
विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका पुडासैनी स्पष्ट विचार र सिद्धान्तमा अडिग नेताका रुपमा परिचित छन् र नेपाली समुदायमा आस गर्ने नेताका रुपमा स्थापित पनि । परिपक्व विचार र वैचारिक स्पष्टताले तत्कालिन प्रवासी नेपाली मञ्च यूके र जनप्रगतिशील नेपाली मञ्च यूकेको एकताबाट जन्मिएको ‘प्रवासी नेपाली एकता मञ्च यूके’ मा उनी नै अध्यक्ष भएका छन् ।
पुडासैनीसंगै पूर्व एमाओवादीबाट सालिन नेता सुरेश गौतम सचिवमा आएका छन् । पद भन्दा पनि इमान्दार राजनीतिलाई प्रवासमा स्थापित गर्नुपर्छ भनेर लाग्ने मध्येका एक गौतम सचिव भएलगत्तै सामाजिक संजालमा बधाई दिनेको भीड लागेको छ ।
एकीकरणपछि गठन हुने मंचमा अध्यक्ष दावी गरेका मध्ये एकजना पूर्ण लोक्सम बेलायतको बसोवास छाडेर प्रदेश नम्बर एकमा राष्ट्रिय योजना आयोगका सदस्य हुन पुगेका छन् । लोक्समबाहेक करिव आधा दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै प्रवासी नेपाली एकता मंच यूकेको अध्यक्षमा पुडासैनी परेका हुन् । दुई ठूला पार्टी एकीकरणपछि नेकपाले नेतृत्व क्षमता हेरेर अध्यक्षमा पुडासैनी र सचिवमा गौतमलाई जिम्मेवारी दिएको हो । अध्यक्ष मनोनयन गरेपछि वीनेपालीसंग प्रतिक्रिया दिंदै पुडासैनीले पार्टीले दिएको जिम्मेवारी सहर्ष स्वीकार गरी सबैलाई एकतावद्ध गराएर हिंड्ने बताए । उनले प्रवासबाट पार्टीलाई सहयोग गर्न छलफल चलाउने पनि बताए ।
करिब दुई वर्ष अघि एमाले र एमाओवादीवीच एकीकरण हुंदा निर्माण हुने संगठनमा सर्वसम्मतिले नाम केन्द्रमा पठाउन धेरै प्रयास गर्दा केही पूर्व अध्यक्षले दावी गरेका थिए । उनले दुई संगठन मध्ये एक अध्यक्षले स्वभाविक अध्यक्ष हुने र अर्को सचिव हुने गरि सहमति गर्न अडिग रहे । तर, सहमति हुन नसकेपछि दुवै संगठनबाट अध्यक्षमा दावीसहित धेरै नाम गए । पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूके र पूर्व एमाओवादी निकट जनप्रगतिशील नेपाली मञ्च यूकेवीच एकीकरण भएर प्रवासी नेपाली एकता मञ्च गठन भएको हो ।
गत बुधबार नेपाल कम्यूनिस्ट पार्टी सचिवालय बैठकले प्रवासी नेपाली एकता मञ्चका बारेमा टुंगो लगाएको थियो । यसै बीच बेलायतको कमिटीको अन्तिम रुप दिँदै नेकपाले सदस्यहरुको पनि टुंगो लगाएको छ । जसअनुसार रबिन्द्र कँडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल,कुमार केसी,बिजय बिक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोक्तान, सुशिला राई, बिमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कँडेल र जोनी पहाडी,यस्तै मनबहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कँडेल, पुल कँडेल, अरुण थापा, राजन अर्याल, यस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एचके पौडेल र मिनु श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण