लन्डन । लन्डनस्थित एक दम्पतिले धादिङमा विद्यालय निर्माण तथा जग्गा खरिदका लागि करिब ५ करोड रुपैयां खर्चिएका छन् ।
फेसनमा विश्वप्रसिद्ध ‘युमी लन्डन’ का सञ्चालक उत्तम नेपाल र उनकी श्रीमति क्लेयरले १६ रोपनी (करिब ९ हजार स्क्वायर मिटर) जग्गा खरिद गरि भूकम्पबाट क्षतिग्रस्त धादिङको डुम्रीचौर कल्लेरीस्थित सरस्वती उच्च मावि पुनर्निर्माण गरिदिएका हुन् । भूकम्प प्रतिरोधात्मक ५ वटा विद्यालय भवन (ब्लक) निर्माण भएको छ ।
‘म र श्रीमति दोश्रो ठूलो भूकम्पपछि गाउं जांदा मानिसहरुको कारुणिक रोदन देखेर हामीलाई केही गर्ने सोच आयो’, उत्तम भन्छन्, ‘शुरुमा गाउंलेले घर बनाइदिए हुन्थ्यो भन्ने आशा राखेका थिए तर सबैलाई घर बनाइदिन सम्भव थिएन् । बरु हामीले जग्गा किनेर स्कुल पुनर्निर्माण गरिदियौं जसबाट सयौं विद्यार्थीको भविष्य उज्जवल हुनेछ ।’
आवश्यक जग्गा खरिदमा समस्या भएर प्रोजेक्ट केही लम्बिएको बताउंदै उत्तमले त्यहां भविष्यमा प्लस टु सञ्चालन गर्न समेत सकिने जनाए ।
हाल उक्त विद्यालयमा ३८० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । नयां स्कुल निर्माणपछि ५ सय बढि विद्यार्थी पढ्न सक्ने क्षमता छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न