
लन्डन । लोकप्रिय नायिका नायिका साम्राज्ञी राज्य लक्ष्मी आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि बेलायत आउने भएकी छन् । २३ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा हुन लागेको फिल्म प्रदर्शनका लागि साम्राज्ञी बेलायत आउने निश्चित भएको एनआरएनए यूके उपाध्यक्ष सुनिल खड्काले जनाए ।
साम्राज्ञीका साथ निर्मात्री पुनम गौतम पनि आगामी २१ फेब्रुअरीमा लन्डन उत्रने खड्काले जनाए । उक्त फिल्म प्रदर्शनका लागि व्यक्तिगत रुपमा सक्रिय खड्काले विदेशमा नेपाली फिल्म प्रवर्धन गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।
खड्काले फिल्म हेर्न ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश मिलाइएको जनाउंदै बेलायतमै हुर्किएका दोश्रो पुस्तालाई पनि फिल्ममार्फत नेपाली भाषा र कला अवगत गराउन आव्हान गरे । उनले फिल्म शोपछि नायिका र निर्मात्रीसंग अन्तरसंवाद एवं ‘फोटो सेसन’ को अवसर पनि हुने बताए ।
‘मारुनी’ बेलायतका अन्य विभिन्न शहरमा पनि प्रदर्शन गर्ने लक्ष्य छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?