लन्डन । नेपाली उल्लेख्य रहेको बेलायतस्थित रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
गत बिहीबार रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोर मेयर काउन्सिलर सु कार्टर र गोर्खा नगरपालिका मेयर राजनराज पन्तले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सम्बन्धले औपचारिकता पाएको हो ।
अहिले तीन वर्षका लागि गरिएको सम्झौतापत्र (एमओयू) मा रसमोर बरो र गोर्खा नगरपालिकाबीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने, दुवै निकायका पदाधिकारीहरुको भ्रमण, दुवैपक्षको सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न प्रोजेक्ट सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा सहयोग गर्ने आदि छन् । रसमोर बरोले बेलायतबाट विदेशी लगानी नेपाल भित्रयाउन आकर्षित गर्ने सवालमा पनि सहकार्य गर्ने उल्लेख छ ।
यस सम्बन्धले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि र नेपाल सरकारले ‘भ्रमण वर्ष २०२०’ अभियान शुरु गरिसकेको अवस्थामा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने राजदूत डा. दुर्गाबहादुर सुवेदीको विश्वास छ । राजदूत सुवेदीले भ्रमण वर्ष सफल बनाउने लक्ष्यसहित बेलायतका अन्य स्थानीय निकायहरुसंग पनि भगिनी सम्बन्धलाई प्राथमिकता दिएका छन् ।
उक्त समारोहमा राजदूत डा. सुवेदी, गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे लगायत बेलायत र नेपालका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ