लन्डन । बेलायतको व्यस्तता उल्लेख गरिरहन आवश्यक छैन् । पारिवारिक, सामाजिक तथा रोजगारीको जिम्मेवारीले भ्याइनभ्याइ छ बेलायती जीवनशैली । यस्तो व्यस्ततामा पनि मातृभूमिको सेवामा तल्लीन छ राजकुमार (राजु) र श्रीमति शान्ति सुनारको जोडी ।
लमजुङ भोटेओडार निवासी नेपाली कांग्रेसका नेता एवं वरिष्ठ समाजसेवी स्वर्गीय पूर्णबहादुर सुनारका सुपुत्र राजकुमार आफ्नो बुवाको प्रेरणाबाट सामाजिक काममा अगाडि बढिरहेका छन् ।
राजकुमार लमजुङ सुन्दरबजार नगरपालिका ९ मा अवस्थित श्री भक्ति नमुना माद्यमिक विद्यालयका बीरेन्द्र शिल्ड खेलकुद विजेता विद्यार्थी एवं कप्तान थिए एक ताका । साथै बेलायतमा रहेर हरेक संघ संगठनमा आवद्ध उनी भोटेओडार मरस्याङ्दी समाजको प्रमुख पनि हुन् । तिनै राजकुमार (राजु) र श्रीमती शान्ति सुनारले उक्त विद्यालयमा १, ५३, ००० रुपैयांको अक्षयकोष स्थापना गरिदिएका छन् ।
उनीहरुले श्री भक्ति नमुना माद्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन वर्ष २०७५ को पावन अवसरमा अपांग, असहाय र पिछडिएका विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने निर्णयका साथ रु १५३००० स्कुल ब्यवस्थापन समितिलाई प्रदान गरेका हुन् ।
‘उक्त विद्यालयबाट मेरो पूजनीय आमा कृष्ण कुमारी सम्मानित भएकामा मलाई राम्रो काम गर्ने थप हौसला मिलेको छ’, राजकुमार भन्छन्, ‘हाम्रा आदर्श जन्म र कर्मदाता अनि पितृ हजुरबाबा आमा, सासु ससुरा र वरिष्ठ समाजसेवी स्वर्गीय बाबा पूर्णबहादुर सुनारको नाममा स्थापित अक्षयकोष भविष्यमा अझ वृद्धि गर्ने सोच हाम्रो छ ।’
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ