लन्डन । डायमन्ड बुद्धिष्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत साता प्लमस्टिड, लण्डनस्थित चौतारी रेस्टुरेन्टमा सो साधारणसभा भएको हो ।
साउथइष्ट लन्डन क्षेत्रमा एउटा नेपाली बौद्ध गुम्बा अति आवश्यक भएको महशुस गरि तीनवर्ष अघि स्थापना गरिएको यस संस्थाले बौद्धधर्म र भगवान बुद्धको दर्शनलाई प्रकाश पार्ने कार्यक्रमहरु अविछिन्न रुपमा सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले गुम्बाका लागि आर्थिक संकलन अभियान पनि नियमित रुपमा बढिरहेको जानकारी दिएका छन् ।
वार्षिक साधारणसभामा सबै नेपाली जातजातिका संघसंस्थाका प्रतिनिधि, अध्यक्ष र संस्थाका पदाधिकारीहरू र सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । यस पटकको साधारणसभामा सबै उपस्थित भएका व्यक्तित्वहरूले छिटो भन्दा छिटो एउटा बौद्धगुम्बा अपरिहार्य रहेको औंल्याएका थिए । यसका लागि सबै जना मिलेर आर्थिक संकलन गर्ने वाचा सहभागीको छ ।
कोषाध्यक्ष सूर्जा गुरुङको आर्थिक प्रतिवेदन र योगेश गुरुङद्वारा प्रस्तुत महासचिवको वार्षिक प्रत्तिवेदन सर्वसम्मत पारित भएको थियो । महासचिवले संस्थाका प्रमुख गुरु खेन्पो शिरलम गुरुङद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
संस्थाका अध्यक्षले संस्थाको विधान र वर्षभरी सञ्चालन गरिने कार्यक्रमबारे प्रकाश पारेका थिए । हलले ती सबै बुंदा सर्वसम्मत परित गरेको थियो । कार्यक्रममा उपाध्यक्षद्वय हितमान गुरुङ र मिना गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्य व्यक्त गर्नेमा राम गुरुङ, श्रीचन्द्र गुरुङ, केश गुरुङ, हिराप्रसाद गुरुङ, अंकित गौचन, हेम छन्त्याल, धन गुरुङ, ले. दिल बहादुर गुरुङ, सुशिल प्रजापति, ओमप्रसाद गुरुङ आदि थिए ।
साधारण सभामा छलफल पश्चात हलको निर्णय बमोजिम यस वर्ष बुद्धजयन्ती, धार्मिक तीर्थयात्रा, सिन्धुव्रत, च्यारिटी, ग्रह-शान्ति वा क्यावसी पूजा र अन्य महान गुरुहरूको आगमनको अवसरमा पूजाप्रवचन कार्यक्रम गरिने विषयमा निर्णय भएको छ ।
अन्तमा अध्यक्षद्वारा कार्यक्रम सफल अहोरात्र खटेका उपाध्यक्ष मिना गुरुङ लगायत सबै आमा समूह तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेर तेश्रो साधारण सभा समापन गरिएको थियो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन