स्पेन । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । गत शुक्रबार स्पेनको राजधानी मड्रिडस्थित राजदरबारमा राजा फिलिपे छैठौंसमक्ष उनले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
राजदूत शेर्पालाई ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा निम्त्याइएको थियो । युरोपमा राजतन्त्रात्मक मुलुकमध्ये स्पेन पनि एक हो । स्पेनका लागि दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी हुन् । शेर्पा स्पेनका लागि दोस्रो राजदूत हुन् । पहिलो राजदूत भरतबहादुर रायमाझी थिए । अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियुक्त गरेर स्पेन पठाउने निर्णय गरेसँगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिइन् ।
राजदूत शेर्पाले नेपालीहरूको बाक्लो बस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मुलुक र नेपालीको निम्ति लागि पर्ने बताएकी थिइन् । साथै स्पेनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्रयाउन दूताबासले भूमिका निभाउनुपर्ने र सबै नेपाली समुदायले समेत यसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।
यसअघि दावाफुटी पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवर्धन र सामाजिक काममा पनि सक्रिय भएकी थिइन् ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा