
लन्डन । दोलखा जिल्लास्थित श्री जनज्योति माध्यमिक विद्यालयको शैक्षिकसंगै प्राविधिक ज्ञानका लागि बेलायतबाट सहयोग सामग्री पठाइने भएको छ । दोलखा निवासी रवि उप्रेतीको अगुवाईमा सुरु गरिएको सामाजिक कार्यमा धेरैले साथ दिएपछि ल्यापटप लगायतका सामाग्री पठाउन लागिएको हो ।
दोलखा वैतश्वर गाउँपालिकामा रहेको उक्त विद्यालयमा ६ थान ल्यापटप पठाउन लागिएको एक जना समाजिक अभियन्ता रवि उप्रेतीले बताए । आफूले सानो अनुरोध गर्दा बेलायतस्थित नेपाली समुदायबाट स्वतस्फूर्त रुपमा सहयोग पाएको खुशी समेत उप्रेतीले व्यक्त गरे ।
सहयोग गर्नेमा एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ, आइसीसी सदस्य ललित न्यौपाने, डाक्टर मुकुन्द बास्तोला, समाजसेवी तथा व्यवसायी तिलक भट्टराई, मन्दीप केसी, रेशम बस्याललगायत छन । तामाङ गाउँको बीचमा अवस्थित जनज्योति विद्यालयमा ल्यापटप पुगेपछि बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हालसम्मका सहयोगी मनहरु-
दोलखा जिल्लाको बैतश्वोर गाउँपालिकामा अवस्थित अति बिपन्न तामाङ समुदायको बीचमा रहेको स्कूल श्री जनज्योति माबिको शैक्षिक स्तरको विकासका लागि शैक्षिक सामग्री (६ वटा ल्यापटप) उपलब्ध गराउने उद्देश्यसहित संकलित सहयोगका दाताहरु । उप्रेतीले अन्य बेलायतवासीलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
1. Tilak Bhattarai £51
2. Mukunda Bastola £51
3. Bikesh R Basnet £51
4. Rabi Upreti £101
5. Samir Bhattarai £31
6. Resham Basyal l£31
7. Mandip KC £51
8. Surendra Deoja £31
9.Nabaraaj karki £50
10.Mohammed Baraka nasoor £10
11.Mark foster £10
12.Sana star cousin £5
13. Rameshwor Devkota £25
14. Deepak Shrestha £55.00
15. Yuvraj Singh £21
16. Tikaram neure £41
17. Ahilya thapa £20
18.Birendra Nepal £20
19.Lalit Kumar Neupane £51
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक