
अल्डरसट । क्वोने (घोताने-घोण्डे) गुरुङ (तमु) समाज युकेले माघे (मकर) संक्रान्तिको अवसरमा समाजका सल्लाहकार उपमेयर काउन्सिलर लक्ष्य गुरुङ र एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई सम्मान गरेको छ । गत १८ जनवरी २०१९ शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।
समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर भाइखलक तथा चेलिबेटीहरु भेटघाट गर्नुकासाथै परम्परगत रुपमा चल्दै आएको चेलिबेटीलाई भात खुलाउने प्रचलन यहाँ युकेमा पनि निरन्तर गर्दै आएको छ ।
कार्यक्रममा उपमेयर लक्ष्य गुरुङले आफ्नो पहिचान वा अस्तित्व बचाउने हो भने परम्परा, रितिथिती, भेषभुषा अनि भाषा पनि जोगाउन अति आवश्यक रहेको बताए । उनले बेलायतको सन्दर्भमा जिवीस (यहुदी) समुदायको उदाहरण प्रस्तुत गर्दै गुरुङहरुले पनि आफ्नो अस्तित्व बचाउने हो जिवीसहरु जस्तै एक्यबद्ध भएर परम्परा अनि रितिथिती जोगाउनु पर्नेमा जोड दिए । यस कार्यको मुख्य अभिभारा युवा पुस्ताले लिनुपर्नेमा उनको जोड थियो ।
त्यसैगरी कार्यक्रममा सम्मानित अर्का व्यक्तित्व एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले माइती पक्षको गुण तिरेर कहिल्यै नसकिने बताइन् । हिजै मात्र आफू चेलिबेटी प्रमुख भएर काम गरेको स्मरण गर्दै उनले समाजले यति छोटो समयमै प्रगति गरेको देख्दा ज्यादै खुशी लागेको पनि बताइन् ।
उनले एनआरएनए युकेले के गरिरहेको छ भन्ने कुरा छोटकरीमा जानकारी दिंदै एनआरएनए युकेले समसामयिक मुद्दा र विषयहरुलाई नै प्राथमिकता दिइरहेको र चाँडै कार्ययोजना सहित एनआरएनए युकेको गतिविधि जनमानससमक्ष जानकारी गराउने जनाइन् ।
स्मरण रहोस् गत वर्ष एनआरएनए युकेको चुनावमा पुनम गुरुङलाई बिजय गराउन माइती पक्षले धेरै सहयोग गरेको थियो । यस क्वोने समाजका अध्यक्ष अ. लेप्टेन चन्द्र गुरुङ पुनमको चुनाबी अभियानको संयोजक थिए ।
कार्यक्रममा लिभरपुल विश्वबिद्यालयमा विद्यावारिधि गरिरहेका एनआरएनए आइसीसी सदस्य भक्त गुरुङ तथा एनआरएनए आइसीसी अनुशासन विभाग प्रमुख सूर्य गुरुङको पनि उपस्थिति थियो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन