लन्डन । एनआरएनए यूकेको अघिल्लो कार्यसमितिले निर्वाचन सम्पन्न भएको करिब साढे ४ महिनापछि बल्ल आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिले आइतबार वर्तमान कार्यसमितिसमक्ष प्रतिवेदन पेश गरेको निवर्तमान कोषाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।
०१७-१९ कार्यसमितिले अघिल्लो कार्यसमितिबाट एक लाख ३६ हजार २९६.८७ पेन्स लिएको थियो । त्यसमध्ये ५५ हजार ५५०.९५ तिर्न बांकी हुंदा कार्यसमितिसंग ८० हजार ७४५.९२ पेन्स वचत थियो । यसमा नेपाल हाउस वापत उठेको रकम ४३ हजार २२३ पाउण्ड २१ पेन्स समेत छ ।
नेपाल हाउसको पैसा बाहेक ३७ हजार ५२२.७१ कार्यसमितिसंग थियो ।
गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका क्रममा एक लाख ३८ हजार ९०० पाउण्ड सदस्यता शुल्क र ६८ हजार ७०० उम्मेदवारी शुल्क वापत उठेकामा १ लाख ११ हजार ८४५ पाउण्ड १५ पेन्स निर्वाचनमै खर्च भएको २२ पेज लामो प्रतिवेदनमा छ ।
निर्वाचनमा अल्डरसटको एम्पायर हल भाडामात्र ३३ हजार ६२४ पाउण्ड र सेक्युरिटी खर्च १२ हजार ६९२ पाउण्ड तिरिएको छ ।
संघ अहिले १० हजार ४५० पाउण्ड घाटामा रहेको प्रतिवेदनले जनाएको छ ।
निवर्तमान युवा संयोजक एलबीजेड गुरुङले अभिनेता राजेश हमालको कार्यक्रम खर्च १२ हजार ८६९.३९, निवर्तमान उपाध्यक्ष शेर सुनारको अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यक्रम गर्दा दुई हजार पाउण्ड र महासचिव आर के त्रिपाठीको ५०० पाउण्ड खर्च (इन्भोइस छैन्) ले वार्षिक साधारणसभापछि बिल पेश गरेका हुन् ।
संस्थाका पदाधिकारीले खाजा खर्चमा मात्र ९ हजार १६४.९२ पाउण्ड खर्च गरेका छन् ।
लामो समयसम्म प्रतिवेदन सार्वजनिक नहुंदा विभिन्न नकारात्मक टिप्पणी आएपनि हरहिसाब दुरुस्त भएको श्रेष्ठको दावी छ । ।
प्रतिवेदनको पूर्ण विवरण हेर्न तलको लिंक क्लिक गर्नुहोस्-
https://drive.google.com/file/d/1HEZNpejj8Fy0lOk3p4fCp34jOGqc6AuO/preview?fbclid=IwAR2dc8aehJMkMPx5D20n5668RmkhVKS1HqYtOVUJ6Xw8Rm5Wx067MNthYmQ
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा