लन्डन । बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमति मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउंदो वसन्त ऋतुदेखि ‘हिज-हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ ।
तर ह्यारीलाई राजकुमार र ‘ड्युक अफ ससिक्स्’ एवं मेगनलाई ‘डचेस अफ ससिक्स्’ भनेर चाहिं सम्बोधन गरिने छ ।
केही शाही विश्लेषकले यसलाई रानीको कडा निर्णयका रुपमा पनि लिएका छन् ।
‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउण्ड पनि तिर्ने भएका छन् । उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्व समेत नगर्ने बीबीसीले जनाएको छ । विज्ञप्तिमा ह्यारी दम्पतिको सुरक्षा प्रवन्धबारे भने केही खुलाइएको छैन् ।
रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुशी व्यक्त गरेकी छन् । उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन् । ह्यारी परिवारमा खुशी र शान्तिपूर्ण नयां जीवनको कामना पनि रानीले गरेकी छन् ।
विज्ञप्तिमा ह्यारी दम्पतिले आफूहरुको नयां स्वतन्त्र जीवनका लागि महारानी र राजपरिवारबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको पनि जनाइएको छ ।
ह्यारी दम्पत्तिको शाही भूमिका परित्यागबारे महारानी एलिजावेथ द्वितीयाले गत सोमबार आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसंग स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी थिइन् ।
ह्यारी मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि रानीले दरबारमा छलफलका लागि बोलाएकी थिइन् । छलफलमा रानीले उनीहरुको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने बताउंदै संक्रमणको अवधिभर युके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी थिइन् ।
ह्यारी दम्पतिले गत अक्टोबरमा शाही जीवनको चुनौति र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए । ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्रास समेत व्यक्त गरेका थिए ।
बेलायतको राजनीति तथा स्वास्थ्य क्षेत्रमा निकट रहेर काम गरिरहेका डा. बच्चुकैलाश कैनी राजपरिवारमा सृजित यो संकट ह्यारी र मेगनमा २१ औं शताब्दीमा आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण आएको बताउंछन् । ‘आजको पुस्तामा स्वन्तन्त्रताको महत्व कति छ भन्ने यो एउटा उदाहरण हो’, कैनी भन्छन्, ‘आजको पुस्ता कसैको दवावमा बस्न सक्दैन् भन्ने पनि यसबाट बुझ्न सकिन्छ ।’
बेलायती राजपरिवार र यो संग सम्बन्धित रितीरिवाज, संस्कार र परम्परा सयौं वर्ष पुराना छन् । साथै बेलायतीहरु राजसंस्थालाई निकै आदर सम्मान गर्छन् । त्यसैले पनि यो घट्नाले बेलायती राजपरिवारको संरचना र राजपरिवारलाई हेर्ने नजरमा खासै फरक नआउने ठान्छन् कैनी ।इकान्तिपुर
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा