लन्डन । बेलायतको नेपाली समुदायमा रहेर विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई ‘इन्टरनेशनल नेपलिज एक्सिलेन्स अवार्ड’ (आइएनइए अवार्ड यूके २०२०) प्रदान गरिएको छ । एउटा क्रियटिभ मिडिया कम्पनी ‘हयाब अ मोमेन्ट’ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा वेष्ट डिजे डिजे सिभा, वेष्ट फोटोग्राफर ज्ञान गुरुङ, वेष्ट इभेन्ट गोर्खा कप, विजनेश इन्फ्लुएन्सर योगेन क्षेत्री, स्पोर्टस् पर्सन कुशल लिम्बु, सोसल एक्टिभिष्ट लेक्स लिम्बु, मेकअप आर्टिष्ट प्रेक्षा बस्नेत गुरुङ, एक्टर (मेल) धिरज मगर, एक्टर (फिमेल) जसिता गुरुङ, निर्देशक मिलन चाम्स, वेष्ट मिडिया पर्सनालिटी नवीन पोखरेल, द साइनिङ स्टार प्रतिष्ठा (तृष) राउत, योङ इन्टरप्रिनर धन तामाङ, युट्यूबर सेगा गुरुङ, पब्लिक सर्भिस पुष्पा सुनुवार, म्यूजिक आर्टिष्ट जय अथर, आउटस्टयाण्डिङ अचिभमेन्ट स्नेहा शाक्य श्रेष्ठ (ब्यारिष्टर) र प्यारामाउण्ट अचिभमेन्ट अवार्ड निम्स पुर्जाले पाए ।
विजेतालाई प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई, एनआरएनए यूके पूर्व अध्यक्ष योगकुमार फगामी, काउन्सिलर प्रवेश केसी लगायतले अवार्ड र सर्टिफिकेट प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. सुवेदीले युवाहरुको एउटा समूहले गरेको उक्त सम्मान आउंदो पुस्ताका लागि प्रेरणादायी भएको बताए । राजदूतले आयोजक ‘हयाब अ मोमेन्ट’ का निर्देशक नवीन गुरुङ लगायतलाई बधाइ दिंदै यस्ता सम्मान कार्यक्रमले समाजसेवामा अझ सक्रिय रहन हौसला मिल्ने पनि उल्लेख गरे ।
स्वागत मन्तव्य दिंदै ‘हयाब अ मोमेन्ट’ की निशा गुरुङले यो प्रतिष्पर्धा भन्दा पनि समाजमा योगदान गरेका व्यक्तित्वहरुको कदर गर्न अवार्ड दिइएको प्रष्ट्याइन् । उनले अवार्ड निष्पक्ष बनाउन आफूहरुले सक्दो प्रयास गरेको बताउंदै यसपटक नपाउनेहरुले पनि समाजका लागि अमुल्य योगदान गरेका उल्लेख गरिन् ।
सूर्य गुरुङ र विभा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा एसएनजी ग्रुपले विभिन्न नृत्य प्रस्तुत गरेको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी