लन्डन । बेलायतस्थित च्यारिटी संस्था चितवन एड ट्रष्ट (क्याट यूके) ले ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्धन गर्न ‘नेपालका लागि पद यात्रा’ (वाक फर नेपाल) गर्ने भएको छ । आउंदो १६ फेब्रुअरी २०२० का दिन पदयात्रा तयारी भएको हो ।
बिहान १० बजे औपचारिक कार्यक्रमपछि मध्यान्ह १२ बजे गोर्डन स्क्वायर उलवीचबाट पदयात्रा शुरु गरि ग्रीनवीच कट्टी सार्कमा समापन गरिने क्याट यूकेका अध्यक्ष जीवन सेनले जनाए ।
औपचारिक कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास प्रतिनिधिले नेपाल भ्रमण वर्षबारे वृत्तचित्र प्रस्तुत गरि मन्तव्य दिने जनाइएको छ ।
समापनका क्रममा ग्रीनवीच कट्टी सार्कमा करिब एक घण्टा नेपाल र भ्रमण वर्ष अभियानसम्बन्धि फ्लायर, पोस्टर लगायत प्रचार प्रसार सामाग्री वितरण गर्ने योजना छ । उक्त पदयात्रामा सहभागिताका लागि क्याट यूकेले नेपाली राजदूतावास, एनआरएन यूके, स्थानीय मेयर, काउन्सिलर, सांसद र बेलायतस्थित सम्पूर्ण संघसंस्थालाई आव्हान गरेको छ ।
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो