लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभाग विस्तार भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले सदस्य सचिव, सदस्य र सल्लाहकारहरु मनोनित गर्दै पूर्णता दिएपछि विभाग कुल १८ सदस्यीय भएको हो ।
विभागमा रातोपाटीका बेलायत संवाददाता नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने हेम गुरुङ, खेमराज जोशी, देव तामाङ, दिपक खड्का, भिमसेन खड्का, रुपेश राउत, बल्लभ गुरुङ, माया केसी र प्रतिमा जोशी सदस्य मनोनित भएका छन् ।
त्यसैगरी विभागको सल्लाहकारमा रिटायर्ड मेजर कृष्ण गुरुङ, आशबहादुर गुरुङ, बिक्रम भट्टराई, रमेश बास्तोला, नारायण फुंयाल, कुमार केसी र शंकर भण्डारीलाई मनोनित गरिएको छ ।
संयोजक खड्काले विभाग विस्तारपछि आफ्नो जिम्मेवारी वहन गर्न थप बल पुग्ने आशा व्यक्त गरेका छन् । उनले यसै वर्ष बेलायतमा भव्य च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको पनि बताए ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा