लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा विदेशी पर्यटक आकर्षित गर्न चिट्ठाको माध्यम अपनाइएको छ । नेपाल आयरल्याण्ड सोसाइटीको सहकार्यमा नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले ‘भिजिट नेपाल २०२० युरोप लोटरी’ कार्यक्रम ल्याएका हुन् ।
लोटरीका मुख्य संयोजक तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्यले लोटरी कार्यक्रमको मुख्य उद्देश्य युरोपमा रहेका नेपाली रेष्टुरेन्टहरुलाई पर्यटन प्रर्वधन केन्द्र बनाउनु र त्यसमार्फत भ्रमण वर्ष २०२० अभियानको प्रचार गर्नु रहेको बताए ।
‘यो लोटरी कार्यक्रम २०२० मा २० लाख पर्यटक पठाउने लक्ष्यमा योगदान पुरयाउन युरोपमा सम्भावित पर्यटकहरूसम्म पुग्ने प्रयास हो’, शाक्यले भने, ‘युरोपभरि ७ सय भन्दा बढी नेपाली रेष्टुरेन्ट रहेको अनुमान छ, जसमा वार्षिक करिब १० लाख ग्राहक पुग्छन् । यी रेष्टुरेन्टमा जाने ग्राहक नेपालप्रति माया र स्नेह राख्छन् । उनीहरु नेपालमा छुट्टीमा जाने सम्भावना बढि हुन्छ ।’
आयरल्याण्डको डब्लिनमा हालै आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान उद्घाटनका अवसरमा लोटरी विजेताहरुको नाम घोषणा पनि गरियो ।
पहिलो पुरस्कार आयरल्याण्डकी मरिया हेफेर्ननले प्राप्त गरेकी छन् भने दोस्रो, तेस्रो र चौंथो पुरस्कार क्रमशः तोबिअस मुल्लर (जर्मनी), पेराउड बेनोइत (फ्रान्स) र रचेल लिभेट (बेलायत) ले जिते ।
पहिलो पुरस्कार विजेताले युरोपबाट नेपाल जान आउन २ वटा टिकट, काठमाडौंका प्रख्यात रेष्टुरेन्टका निःशुल्क भौचर र नेपालका शीर्ष श्रेणीका होटलमा १४ रात निःशुल्क आवास सुविधा व्यवस्था गरिएको छ । त्यस्तै, अन्य विजेताहरूले नेपालका विभिन्न शीर्ष श्रेणीका होटलहरुमा निःशुल्क आवास पाउनेछन् ।
शाक्यका अनुसार अनलाइन सबमिसन र युरोपमा रहेका विभिन्न नेपाली रेष्टुरेन्ट र आयरल्याण्डमा आयोजना गरिएका विभिन्न कार्यक्रमबाट कुल १० हजार ३४१ जना ‘लक्की ड्र’ मा प्रवेश गरेका थिए । यसका माध्यमबाट सन् २०२० मा नेपाल जान आमन्त्रित गर्ने सन्देशसहित सोसल मिडियामार्फत दुई लाख भन्दा बढी युरोपियनसम्म पुग्न सफल भएको आयोजकको दाबी छ ।
यसका लागि प्रवीण शाक्य (नेपाल संयोजक), चिरनरत्न शाक्य, रेश्मा श्रेष्ठ र पूजा शाक्यले विगत ६ महिनादेखि विदेशमा रहेका नेपाली रेष्टुरेन्ट र डायस्पोरामा सम्पर्क गरेर तिनका ग्राहक र स्थानीयहरुलाई चिठ्ठा ड्रमा प्रवेश गर्न र नेपालका प्रिमियम होटेल र रेष्टुरेन्टलाई निःशुल्क आवास र भौचर प्रायोजन गर्न अनुरोध गरेका थिए ।
युरोपका नेपाली रेस्टुरेन्टहरु भान्सा घर (आयरल्यान्ड), थाली रेष्टुरेन्ट (आयरल्यान्ड), काठमाण्डु किचेन (आयरल्यान्ड), नेपलेसिक रेष्टोरंग काठमाण्डू (स्वीडेन), रेष्टुरेन्ट हिमालय (लक्जमबर्ग), लुमान्टी (आयरल्यान्ड), कास्मिर रेष्टुरेन्ट (आयरल्याण्ड), द हिमालयन रेष्टुरेन्ट (फ्रान्स), नेपाली फुड मार्ट (जर्जिया), माया दिदी रेष्टुरेन्ट (इंग्ल्यान्ड), द काठमाडौं नेपाली रेष्टुरेन्ट (चेक गणतन्त्र), द वूलास्टन इन (इंग्ल्यान्ड) आदिले आफ्ना ग्राहकबाट इन्ट्री संकलन गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण