
लन्डन । यूके नेपाल फ्रेण्डसीप सोसाइटीको समन्वयमा बर्नमाउथस्थित इसकोफिएर क्याटरिङ कलेजमा नेपाली खानासम्बन्धि प्रदर्शनी भएको छ । गत ७
जनवरीमा सोसाइटीका आर्टस् सेक्सन अफिसर दीपक ताम्राकारले उक्त कलेजका २६ विद्यार्थीलाई दुई घण्टाजति नेपाली ‘कुजिन’ पकाउने तरिका सिकाए र खाना प्रदर्शनी गरे । यस क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका ताम्राकार सोसाइटीको ‘यूके नेपाली कल्चरल एण्ड सोसल हेरिटेज प्रोजेक्ट’ अन्तर्गत नेपाली कुजिन कम्पोनेन्ट वेवसाइट अनि ‘इ-बुक’ का प्रमुख सहयोगी हुन् ।
सो अवसरमा सोसाइटीका चिफ एक्जुकेटिभ अफिसर अलान मर्सेल सान्का, कलेजका सेफ ट्युटर डेभिड मार्सल, सेफ लेक्चरर मार्क अल्डरम्यान लगायत सहभागी थिए ।
प्रदर्शनीबाट उक्त कलेजका विद्यार्थीलाई नेपाली खानाबारे जानकार हुने मौका मिलेको सोसाइटीका सिइओ अलानले बताए । दक्षिण एसियाली खानामा नेपाली खानाको आफ्नै विशेषता रहेको र बेलायतमा हजारौं सेफहरु कार्यरत भएपनि नेपाली खानाको प्रवर्धन पर्याप्त हुन नसकेको आलनको बुझाइ छ । यस खालका प्रदर्शनीले नेपाली खाना प्रचार प्रसारमा थप बल पुग्ने आलन बताउंछन् ।
यूके नेपाल फ्रेण्डसीप सोसाइटीले बेलायतमा नेपाली कला, संस्कृति एवं पहिचानको जगेर्ना गर्न आफ्नो तर्फबाट निरन्तर काम गरिरहेको छ । सोसाइटीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ अभियानमा सघाउने वाचा पनि गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल