लण्डन । इतिहासकार ज्ञानमणि नेपाल र गायक भीषण मुकारुङलाई भोजपुर प्रतिभा सम्मान अर्पण गरिने भएको छ ।
भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष प्रदान गर्ने सो सम्मानबाट यसवर्ष वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई सम्मानित गरिने भएको हो । यसैगरी, प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने भोजपुर प्रतिभा पुरस्कार युवा गायक भीषण मुकारुङलाई प्रदान गर्न लागिएको हो ।
प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले सो निर्णय गरेको संस्थाका सचिव नरेश काङमाङ राईले जानकारी दिए ।
नेपाली इतिहास क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत् नेपाललाई र गायन क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत् मुकारुङलाई सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरिएको बताइएको छ ।
सचिव राईका अनुसार सम्मानमा टोपी, माला, दोसल्ला, सम्मानपत्रका साथै नगद रु. १५ हजार छ भने पुरस्कारमा टोपी, माला, सम्मानपत्रसहित नगद रु. ३० हजार छ । सम्मान तथा पुरस्कार आगामी फागुनको तेस्रो साता काठमाडौँमा एक समारोह गरी अर्पण गरिनेछ ।
प्रतिष्ठानले १२ वर्षअघि सो पुरस्कार र सम्मान स्थापना गरेको हो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन