
लन्डन । तमुधिं लन्डन इकाईले बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङलाई ‘गुरुङ वर्ष व्यक्तित्व’ को रुपमा सम्मानित गरेको छ । आइतबार लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित लोछार तथा नयां वर्ष कार्यक्रमका अवसरमा उपमेयर गुरुङलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै उपमेयर गुरुङले भारतीय, पाकिस्तानी लगायतका समुदायहरु तीन, चार पुस्तादेखि बेलायतमा बसोबास गरिरहेको तर उनीहरुले आफ्नो भाषा, संस्कृति कायमै राखेको बताए । ‘त्यसैगरी हाम्रो भाषा, संस्कृति, धर्म नयां पुस्तालाई हस्तान्तरण गर्दै जाने जिम्मेवारी हामीमा छ’- उनले भने । उनले बेलायतको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा एकीकरण हुनुपर्ने चुनौती पनि नेपाली समुदाय सामु रहेको जनाए ।
कार्यक्रममा तमु धीं युकेका अध्यक्ष नन्दजंग गुरुङ, भेट्रान खुसीमान गुरुङ, आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायतवक्ताले शुभकामना दिएका थिए।
नेपालबाट आएका कलाकारहरु राजन गुरुङ, तिलक गुरुङ तथा तारा श्रीशले लोकप्रिय गीत गाएर सहभागीहरुलाई नचाएका थिए ।
तमुधिं लन्डन इकाईका सभापति चन्द्रबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक तथा इकाईका उपसभापति बिष्णु गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए । उनले आफ्नो भाषा, संस्कृति तथा परम्परा जोगाइ राख्न यो कार्यक्रम गरिएको बताउँदै सबै सहयोगीलाई धन्यवाद पनि दिए ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक