लन्डन । विश्व साहित्य मन्च स्वीण्डन शाखाको दोस्रो कार्यक्रम याक द हिमालय रेस्टुरेन्टमा सम्पन्न भएको छ । मन्चका केन्द्रीय महासचिव केदार संकेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष लालसुन्दर राईको सभापतित्वमा भएको थियो ।
मन्चकी महासचिव जानु काम्बाङद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा उपाध्यक्ष भरत लोहोरुङ राईले स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष चन्द्रकला लिम्बुले ‘सुस्काई रहेको छ’ शीर्षकको कविता वाचन गरिन् भने कोषाध्यक्ष नानु रानाले ‘अंग्रेजी निजी स्कुल’ र ‘औचित्यहिन युद्ध लडें’ शीर्षकको कविता वाचन गरिन् ।
अध्यक्ष राईले ‘जिन्दगी ढुकाई रहेछ’ र ‘जिन्दगी सपना भई हेर’, सदस्य जय तामाङले ‘येशूको जन्म’ र ‘मुक्ति’ शीर्षकको कविता अनि केन्द्रीय महासचिव सँकेतले ‘तिमी हराए पछि’, ‘चौभार’ र ‘म मृत्यु कुरेर बस्दा’, ‘जूनको प्रकाशमा’ शीर्षकको कविता वाचन गरेका थिए ।
उपाध्यक्ष भरत राईले सेमन्त राई र उनकी धर्मपत्नी रीता राईले पठाएको मुक्तक र आफ्नै रचनामा डा. महावीर पुनको बारेमा लेखिएको मुक्तक अनि जानु काम्वाङले कल्पनाको उनी, फर्कि आएन परदेशी, ताराहरु, बाबा शीर्षक गरी दुई दर्जन कविता र मुक्तकहरु सुनाउंदा उक्त कार्यक्रम साहित्यमय भएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथी संकेतले कविताहरुको समीक्षा गरेका थिए । कार्यक्रम समापनपछि भरत राईको बांसुरीको धून, जानु काम्वाङको बिनायो र मुर्चुङ्गाले कार्यक्रममा झन् रौनक थपेको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक