लन्डन । विश्व साहित्य मन्च स्वीण्डन शाखाको दोस्रो कार्यक्रम याक द हिमालय रेस्टुरेन्टमा सम्पन्न भएको छ । मन्चका केन्द्रीय महासचिव केदार संकेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष लालसुन्दर राईको सभापतित्वमा भएको थियो ।
मन्चकी महासचिव जानु काम्बाङद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा उपाध्यक्ष भरत लोहोरुङ राईले स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष चन्द्रकला लिम्बुले ‘सुस्काई रहेको छ’ शीर्षकको कविता वाचन गरिन् भने कोषाध्यक्ष नानु रानाले ‘अंग्रेजी निजी स्कुल’ र ‘औचित्यहिन युद्ध लडें’ शीर्षकको कविता वाचन गरिन् ।
अध्यक्ष राईले ‘जिन्दगी ढुकाई रहेछ’ र ‘जिन्दगी सपना भई हेर’, सदस्य जय तामाङले ‘येशूको जन्म’ र ‘मुक्ति’ शीर्षकको कविता अनि केन्द्रीय महासचिव सँकेतले ‘तिमी हराए पछि’, ‘चौभार’ र ‘म मृत्यु कुरेर बस्दा’, ‘जूनको प्रकाशमा’ शीर्षकको कविता वाचन गरेका थिए ।
उपाध्यक्ष भरत राईले सेमन्त राई र उनकी धर्मपत्नी रीता राईले पठाएको मुक्तक र आफ्नै रचनामा डा. महावीर पुनको बारेमा लेखिएको मुक्तक अनि जानु काम्वाङले कल्पनाको उनी, फर्कि आएन परदेशी, ताराहरु, बाबा शीर्षक गरी दुई दर्जन कविता र मुक्तकहरु सुनाउंदा उक्त कार्यक्रम साहित्यमय भएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथी संकेतले कविताहरुको समीक्षा गरेका थिए । कार्यक्रम समापनपछि भरत राईको बांसुरीको धून, जानु काम्वाङको बिनायो र मुर्चुङ्गाले कार्यक्रममा झन् रौनक थपेको थियो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा