लन्डन । डेबिट क्रेडिट कार्ड र इन्टरनेटले भुक्तानी सहज हुंदै जांदा बेलायतको एउटा बैंकले नयां बायोमेट्रिक प्रविधि विकास गरेको छ ।
रोयल बैंक अफ स्कटल्याण्डले १०० पाउण्डसम्मको कारोबारका लागि कार्ड वा मोबाइल फोन नचाहिने गरि बायोमेट्रिक प्रविधि विकास गरेको हो ।
उक्त बैंकले ग्राहकको औंला छाप (फिङ्गर प्रिन्ट) ले कारोबार प्रमाणित हुने गरि बायोमेट्रिक फोब (सानो डब्वा) को सफल परिक्षण गरेको छ । उक्त फोब सांचोको झुप्पामा हाल्न सकिन्छ र चाहेको बेला भुक्तानी दिन फिङ्गर प्रिन्ट हाल्न मिल्ने गरि डिजाइन गरिएको छ । यस प्रविधिको विकासले बढ्दो रुपमा भइरहेको चोरी तथा अनैतिक गतिविधि (फ्रड) नियन्त्रण हुने विश्वास गरिएको छ ।
रोयल बैंक अफ स्कटल्याण्डले यस प्रविधिको सफल परिक्षण भएको जनाए पनि कहिले देखि आमग्राहकले सुविधा पाउने हुन् भन्नेबारे केही बताएको छैन् । जर्मनीमा अवस्थित जिसेक डिभिरेन्ट मोबाइल सेक्युरिटी कम्पनीले यस प्रणालीबारे काम गरिरहेको छ ।
हाल भइरहेको कन्ट्याक्ट लेस तथा पिन नम्बर भुक्तानी प्रणालीको दुरुपयोग अत्यधिक भइरहंदा फिङ्गर प्रिन्ट प्रविधिले निकै सुधार गर्ने अपेक्षा बैंकले गरेको छ । प्रत्येक मानिसको फिङ्गर प्रिन्ट अलग हुने र यस्तो प्रविधिले अपराधिक क्रियाकलाप कम हुने लन्डनका अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् ।
बढ्दो बैंकिङ प्रविधिले गर्दा पश्चिमी देशहरुमा नगद कारोबार घट्ने क्रममा छ । पहिलो भुक्तानी कार्ड सन् १९५० मा अमेरिकामा डाइनर्स क्लबको नामबाट शुरु भएको थियो । पछि सन् १९५८ मा अमेरिकन एक्सप्रेस आयो । यी दुवै चार्ज कार्ड थिए जहां महिनाको अन्तिममा ग्राहकले पुरा रकम भुक्तानी गर्नुपर्दथ्यो । तर यो कार्डलाई त्यसबेला क्रेडिट कार्ड भनेर चिनिन्थ्यो । सन् १९७३ मा पहिलो इलेक्ट्रोनिक कारोबारको प्रमाणिकरण अमेरिकाको क्यालिफोर्नियास्थित भिजा डेटा सेन्टरमा भएको थियो ।
सन् १९७५ मा फ्रेन्च आविष्कारक रोनाल्ड मोरेनोले चिप कार्डको विकास गरेका थिए जसलाई स्मार्ट कार्ड भनेर पनि चिनिन्छ । यसले बैंकिङ क्षेत्रमा माइक्रोप्रेसेसर गर्न ठूलो परिवर्तन ल्यायो । फ्रान्समा सन् १९९२ मा यस्तो प्रविधि डेबिटकार्ड प्रयोगका लागि अनिवार्य बनाइयो । बेलायतमा भुक्तानीका लागि चिप र पिन कार्ड सन् २००४ मा शुरुवात सरि सन् २००६ देखि अनिवार्य बनाइएको थियो । यस्तो प्रविधिले ग्राहकको हस्ताक्षर सजिलै नक्कल गरि दुरुपयोग हुने जोखिम धेरै कम गरेको छ । तर, न्यून भएपनि सजिलै दुरुपयोग पनि भइरहेको छ । इन्टरनेट विकासले गर्दा कार्ड भुक्तानीमा वायरलेस तथा कन्ट्याक्ट लेस सिस्टम विकास भएको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा