लन्डन– ओशो क्याम्प युकेको आयोजनामा गत शनिवार (डिसेम्बर २८ तारिख) दक्षिण पूर्वी लण्डनको उलवीचमा एक दिवसीय ध्यान शिविर सम्पन्न भएको छ।
नेपालबाट आएका ओशो क्याम्प युकेका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले शिविर संचालन गर्नु भएको थियो। शुरुमा स्वामी अर्हतले योगको महत्वबारे प्रकाश पार्दै सहभागीहरुलाई योग र प्राणायाम गराउनु भएको थियो।
आफ्नै शरीर भित्र सन्तुलनको स्थिति भेट्टाउनु अत्यन्त महत्वपूर्ण हुने बताउँदै स्वामी अर्हतले हरेक बिहान बेलुका योग तथा प्राणायाम गर्न सुझाव दिनुभयो। उहाँले सुखी र आनन्दित जीवनका लागि शान्त मन अनिवार्य रहेको बताउँदै त्यसका लागि ध्यानको विकल्प नरहेको बताउनुभयो।
स्वामी अर्हतले सहभागीहरुलाई चक्र साउन्ड तथा नटराज ध्यान पनि गराउनु भएको थियो।
सोहि अवसरमा डा विकास पाण्डेले अद्वैत वेदान्त तथा पण्डीत् दुर्गाप्रसाद पोख्रेलले भक्ति योगका बारेमा प्रकाश पार्नु भएको थियो। ध्यान शिविरकी संयोजक मां अजिता सिम्खडाले पश्चिमी देशहरु वेदप्रति आकर्षित भएको बताउनु भयो । ‘हामीहरूमा पनि वेद र दर्शनको ज्ञान हुनु तथा जीवन र जगतको रहस्य बुझ्न आवश्यक छ । पूर्वीय दर्शन ध्यान, योगप्रति पश्चिमी समाजमा ठूलो आकर्षण बढिरहेको बेला हामी उही दर्शनको सेरोफेरोमा जन्मिएर कतै अनभिज्ञ त छैनौं?’-उहाँले सोध्नुभयो ।
उहाँले शिविरमा सहभागी सबै साधकहरुलाई धन्यवाद पनि दिनुभयो ।
शिविरमा गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्य, व्यवसायी बिराज भट्ट, कृष्ण भट्ट लगायत झन्डै ५० जना साधकहरुको सहभागिता थियो ।
ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले आफ्नो व्यस्तताका बावजुद समय निकालेर नेपालबाट आउनु भएकोमा स्वामी आनन्द अर्हतप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता शिविर आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।
ओशो क्याम्प युकेले गएको १२ वर्ष देखि ग्रिष्मयाममा बेलायतमा आयोजना गर्ने आवासीय ध्यान शिबिर संचालन ओशो तपोबन युकेका संस्थापक स्वामी आनन्द अरुणले गर्दै आउनु भएको छ ।
सबै तस्वीरहरु- भगीरथ योगी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक