लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले गैर आवासीय नेपाली नागरिकताका प्रावधानबारे सुझाव संकलन गर्ने भएको छ । नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरि कानूनलाई अन्तिम रुप दिने तयारी भइरहंदा एनआरएनए यूकेले सो कार्य गर्न लागेको हो । प्राप्त सुझाव सल्लाह एनआरएनए केन्द्रमार्फत सरकारको सम्बन्धित निकायमा पुरयाइने छ ।
एनआरएनए यूकेको तत्वावधान र एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिको आयोजनामा आगामी जनवरी ५ का दिन अल्डरसटस्थित एम्पायर हलमा नागरिकता विषयक एक अन्तरक्रिया हुंदैछ । एनआरएनए यूकेले राष्ट्रिय समन्वय परिषद मातहतका राज्य परिषदहरुलाई आ-आफ्नो क्षेत्रका आमजनसमुदायसंग एनआरएनएप्रतिको जन अपेक्षा सम्बन्धमा राय सुझाव संकलनका लागि निर्देशन दिइसकेको सन्दर्भमा उक्त कार्यक्रम हुन लागेको हो ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले एक अपिल जारी गर्दै उक्त कार्यक्रममा सहभागिता जनाएर आफ्नो राय सल्लाह प्रस्तुत गर्न अनुरोध गरेका छन् । (तल हेर्नुहोस् अपिल)
एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम तयारी भइरहेको जनाउंदै सो अन्तरक्रियामा एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा, अधिवक्ताद्वय सुरेन्द्र श्रेष्ठ र गोबिन्द बेल्वासे, ब्यारिस्टर देवेन्द्र श्रेष्ठ एवं थर्कबहादुर राना प्रमुख वक्ताका रुपमा रहने जानकारी दिए । नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा तथा अधिकार र गैर आवासीय नेपाली संघको सदस्य बन्नुको औचित्य र महत्व सम्बन्धमा अन्तरक्रिया हुने श्रेष्ठले बताए ।
एनआरएनए यूकेको अपिल
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?