लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले गैर आवासीय नेपाली नागरिकताका प्रावधानबारे सुझाव संकलन गर्ने भएको छ । नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरि कानूनलाई अन्तिम रुप दिने तयारी भइरहंदा एनआरएनए यूकेले सो कार्य गर्न लागेको हो । प्राप्त सुझाव सल्लाह एनआरएनए केन्द्रमार्फत सरकारको सम्बन्धित निकायमा पुरयाइने छ ।
एनआरएनए यूकेको तत्वावधान र एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिको आयोजनामा आगामी जनवरी ५ का दिन अल्डरसटस्थित एम्पायर हलमा नागरिकता विषयक एक अन्तरक्रिया हुंदैछ । एनआरएनए यूकेले राष्ट्रिय समन्वय परिषद मातहतका राज्य परिषदहरुलाई आ-आफ्नो क्षेत्रका आमजनसमुदायसंग एनआरएनएप्रतिको जन अपेक्षा सम्बन्धमा राय सुझाव संकलनका लागि निर्देशन दिइसकेको सन्दर्भमा उक्त कार्यक्रम हुन लागेको हो ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले एक अपिल जारी गर्दै उक्त कार्यक्रममा सहभागिता जनाएर आफ्नो राय सल्लाह प्रस्तुत गर्न अनुरोध गरेका छन् । (तल हेर्नुहोस् अपिल)
एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम तयारी भइरहेको जनाउंदै सो अन्तरक्रियामा एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा, अधिवक्ताद्वय सुरेन्द्र श्रेष्ठ र गोबिन्द बेल्वासे, ब्यारिस्टर देवेन्द्र श्रेष्ठ एवं थर्कबहादुर राना प्रमुख वक्ताका रुपमा रहने जानकारी दिए । नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा तथा अधिकार र गैर आवासीय नेपाली संघको सदस्य बन्नुको औचित्य र महत्व सम्बन्धमा अन्तरक्रिया हुने श्रेष्ठले बताए ।
एनआरएनए यूकेको अपिल
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक