लण्डन । पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको छ ।
संग्रौलाले लेखनमार्फत सीमान्तकृत समुदायको हक अधिकार स्थापित गराउन निरन्तर योगदान दिएकाले सो सम्मान दिन लागिएको कोषले जनाएको छ ।
कोषका संस्थापक नरेश काङमाङ राईका अनुसार संग्रौलालाई आगामी वैशाख वा चैत्रमा काठमाडौँमा एक कार्यक्रम गरी सो पुरस्कार वितरण गरिने छ । पुरस्कारका साथमा ताम्रपत्र र ४ लाख २ हजार २ रुपियाँ प्रदान गरिने छ ।
प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले स्थापनाको पाँचौं वर्षगाँठका अवसरमा ‘पहिचान सम्मान’ प्रदान गर्न लागेको हो । कोषले हरेक वर्ष पुरस्कार र प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिने गर्दछ ।
कोषले यसअघि अगाडि चारवटा कृतिहरुलाई पुरस्कार प्रदान गरिसकेको छ । राजन मुकारुङको ‘फेरिंदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन् ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण