लन्डन । एनआरएनए यूके महिला फोरमले ‘ अन्तर्राष्ट्रिय महिला दिवस’ सेमिनारसहित भव्य रुपमा मनाउने भएको छ । आगामी ८ मार्च २०२०, आइतबार लन्डनमा दिवस मनाउने तयारी गरिएको एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् । कार्यक्रम लन्डनमै हुने भएपनि स्थान भने तय हुन बांकी छ ।
विभागकी संयोजक कंडेलका अनुसार, ‘इन्टरनेशनल सेमिनार अन वुमन एजुकेशन एण्ड इम्पावरमेन्ट’ शीर्षकमा हुने उक्त सेमिनारमा सहभागी हुन सबै संघ-संस्थालाई पत्राचार गरिने छ । ‘सम्भव भए त्यसदिन अन्य कुनै कार्यक्रम नराखी हामीलाई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ’- कंडेलले अपिल गरेकी छन् ।
सेमिनारमा महिला सशक्तिकरण, शिक्षा र उनीहरुलाई अवसर आदि मुद्दाबारे छलफल गरिने जनाइएको छ ।
यसैबीच, एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले संघको विधानमा रहेर विभाग विस्तार गरेकी हुन् । ७ सदस्यीय महिला फोरममा लारा राई, दुर्गा गुरुङ, डा. सारा रावल, सुस्मिता थापा, कल्पना गुरुङ र प्रियंका आचार्य छन् । ११ सदस्यसम्मको समिति बनाउन सक्ने अधिकार भएपनि अहिले सात जनामात्र समितिमा राखिएको र आवश्यक भए भविष्यमा थप्न सकिने कंडेलले जनाइन् । त्यसैगरि समितिमा तीनजना सल्लाहकारहरु डा. पुनम यादव, डा. बिभा सिम्खडा र श्रीमति टुका स्यान्डवेललाई पनि राखिएको छ ।
‘हामी एक्सन ओरिएन्टेड भएर काम गर्ने हुंदा मैले नितान्तरुपमा आफ्नै विवेकले समिति विस्तार गरेकी हुं’- उनले प्रष्टयाइन् । समितिको कार्यकाल दुईवर्षको रहनेछ ।
नर्सिङ एसोसिएसन ‘लिड’ गरेर देखाइसकेकी प्रसुनाले एनआरएनए यूकेमा पनि प्रभावकारी काम गर्ने अपेक्षा धेरैको छ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?