लन्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले गर्न लागेको शुभकामना कार्यक्रममा तीन राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने भएको छ ।
कार्यक्रम संयोजक एवं उपाध्यक्ष मोहन ओलीले गायक गायिकाहरु भीम पौडेल, सिर्जु अधिकारी र खिमा रोकामगरबीच दोहोरी धमाका हुने जनाए ।
एसोसिएसनले अंग्रेजी नयां वर्षको अवसरमा आगामी ६ जनवरी, सोमबार लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा कार्यक्रम गर्दैछ । शुभकामना आदानप्रदान र पारिवारिक पुनर्मिलन कार्यक्रमको मुख्य उद्देश्य रहेको एसोसिएसनले जनाएको छ ।
ओलीका अनुसार, कार्यक्रम अलिक फरक ढंगले मनाउने योजना छ । ‘परिवारका साथ भेज, ननभेज खाना र दोहोरी धमाकाले कार्यक्रम बेजोड हुने हाम्रो अपेक्षा छ’- ओलीले भने । गायिका तथा मोडल सिर्जु अधिकारीको गीतसंगै ‘बोल्ड डान्स’ कार्यक्रमको थप आकर्षण हुनेछ । सो अवसरमा डिजे हेम बिष्टको कला पनि प्रस्तुत हुनेछ ।
बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकवद्ध गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि एवं आपतविपतमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा एशोसिएसन गठन भएको थियो ।
सन् २०१२ मा गठित एसोसिएसनमा हाल दधि आचार्य अध्यक्ष छन् । यसका करिब ७ सय सदस्य रहेको बताइन्छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा