लण्डन । बिजुली र ग्याँस वितरण गर्दै आएको जिनर्जीले नेपाली कम्युनिटीका लागि नयाँ ‘स्किम’ बाहिर ल्याएको छ । यसअघि अपरेसन मेनेजरको रुपमा रहेका मेग गुरुङले नेपाली कम्युनिटीसंग समन्वय गर्ने जिम्मेवारी पाएसंगै उनले नेपाली कम्युनिटीलाई सहयोग गर्ने उद्देश्य अनुरुप नयाँ स्किम बाहिर ल्याएका हुन् । उनका अनुसार कुनै पनि कम्युनिटीमार्फत कम्तिमा १० वटा घरले बिजुली र ग्याँसको ग्राहक बनेमा प्रति घर २० पाउण्डको दरले बार्षिक २०० पाउण्ड पाउनेछन् । सोही अनुसार ग्राहक संख्याको आधारमा सो रकम वृद्धि हुदै जानेछ ।
जिनर्जीले ब्रोकरलाई दिदै आएको रकम सिधैं नेपाली कम्युनिटीलाई दिएमा कम्युनिटी पनि आफ्नो उद्देश्यमा अघि बढ्न सहयोग हुने विश्वासका साथ सो नयाँ योजना बजारमा ल्याइएको गुरुङ बताउँछन् । आफूहरुले कम्युनिटीलाई मात्र होइन, सम्बन्धित ग्राहकलाई समेत शुरुमा ५० पाउण्डको क्रेडिट उपलब्ध गराउदै आएको र संगसंगै बजार भाउमा समेत अरु इनर्जीको तुलनामा सस्तो हुने गुरुङको भनाई छ ।
प्रतिघर वार्षिक २० पाउण्ड प्रदान गर्ने योजना सानो देखिएपनि कुनै पनि संस्थामार्फत एक हजार घर ग्राहक बनेको अवस्थामा प्रत्येक बर्ष सो संस्थाले २० हजार पाउण्ड पाउने छन् । जसबाट नेपाली कम्युनिटीले अझ च्यारिटीमा थप सहयोग गर्न सक्ने विश्वास लिइएको छ ।
जिनर्जी भूतपूर्व ब्रिटिश गोर्खाजहरुको सक्रियतामा सन् २०१३ सालमा स्थापित सम्भवत नेपालीहरुले संचालन गरेको पहिलो इनर्जी कम्पनी हो । जिनर्जीले कम्पनी स्थापना भएको ६ बर्षमा २२ जना नेपाली फ्रेश ग्रेज्यूयट (भाञ्जाभाञ्जी) लाई रोजगार प्रदान गरेको छ भने करीब २० हजार भन्दा बढी मिटर पोइन्ट जोडेर थुप्रै ग्राहक बनाउन सफल भएको छ । त्यस्तै, जिनर्जीले आफ्ना ग्राहकहरुको सेवा, सुविधा र फाईदालाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुसंग सहकार्य गरेको समेत जनाइएको छ । जसअनुसार हालै होम ट्रि संग पहिलो समझदारी भएको छ । जसले प्रतिस्पर्धात्मक दरमा ग्याँस बोइलर सर्भिस र होम कियर इन्स्योरेन्स गर्दछ । संगसंगै ७५ पाउण्डको एमाजन भौचर समेत प्रदान गर्नेछ ।
बेलायतका अधिकांश शहरमा सेवा उपलब्ध गराउन सकिने जिनर्जीमा अंग्रेजी, नेपाली र हिन्दी ३ भाषामा कुरा गर्न सकिने छ । त्यस्तै, जिनर्जीको नयाँ स्किम बारे बुझ्न चाहेमा ०१२५२४९४१४१ फोन नम्बर वा [email protected] ईमेलमार्फत सम्पर्क गर्न सकिने छ । त्यस्तै, विस्तृत जानकारीका लागि www.gnergyuk.com मा जान सकिने छ ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’