
लन्डन । भूपू गोर्खाहरुले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाउने कार्यक्रम बिथोल्ने भएका छन् । यही साल गोर्खा भर्तीको दुई सय वर्ष प्रवेश गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका संयोजक कृष्ण राईले वी नेपालीलाई जनाए । भूपू गोर्खाहरुका ऐतिहासिक समस्या एवं भेदभाव छानवीन गर्न गठित सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि बेलायत सरकारले गरेको निर्णयविरुद्ध समितिले उक्त कदम चाल्न लागेको हो । यसअघि बेलायती रक्षा मन्त्रालय (एमओडी) को उक्त निर्णयलाई ऐतिहासिक उपलव्धि बताएको समितिले आफ्ना प्रमुख माग कुनै पनि संवोधन नगरिएकाले सशक्त कदम चाल्नु परेको जनाएको छ ।
दुई सय वर्ष गांठलाई बेलायतले महत्वपूर्ण उपलव्धि र कोशेढुंगाका रुपमा चित्रित गर्दै विभिन्न समारोहसहित मनाउंदैछ । सत्याग्रह समितिले कहां कहां हुने कस्तो कार्यक्रम बिथोली आफूहरुमाथि भएको भेदभावबारे विश्व जगतलाई नकारात्मक सन्देश दिने भन्नेचाहिं निर्णय गरिसकेको छैन् ।
समितिले आगामी मार्च १५ सम्म आफ्ना प्रमुख माग संवोधन गर्न बेलायत सरकारले वार्ताको पहल नगरे अप्रिलदेखि फेरि आमरण अनसन थाल्ने निर्णय समेत गरेको छ ।
यसै साता नेपाल र ब्रिटिस सरकारलाई एमओडीको पछिल्लो निर्णयविरुद्ध कडा शब्दमा निन्दा गरि ज्ञापनपत्र समेत बुझाउने निर्णय गरिएको बैठकको अध्यक्षता गरेका राईले जनाए ।
राईले समितिका सञ्चार निर्देशक दीपक मास्केले दिएको राजीनामा स्वीकृत नहुने समेत बताएका छन् । ‘मास्केजीका केही असन्तुष्टी हामीले बुझेका छौं, त्यो समाधान हुन्छ’ राईले थपे । स्मरणरहोस्, मास्केले समितिभित्र गेसो शैली हावी भएको आरोप लगाउंदै सोमबार लिखित राजीनामा दिएका थिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?