लन्डन- बर्न्टओक नेपाली समुदायका अगुवाहरुले लन्डनको हेन्डन निर्वाचन क्षेत्रबाट चौथो पटक निर्वाचित सांसद डा. म्याथ्यु अफोर्डलाई बधाइ दिएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बर्न्टओक नेपाली समाजका उपाध्यक्ष बिष्णु गुरुङले सांसद अफोर्डलाई ढाका टोपी लगाइ दिएका थिए ।
सांसद अफोर्डलाई बधाई दिंदै बार्नेट बरोका उपमेयर लक्ष गुरुङले विगतमा आफूले गरेका वाचा पुरा गर्दै आएकोमा सांसद अफोर्डको प्रशंसा गरे । उनले भूतपूर्व गोर्खा सैनिकहरु लगायत नेपाली समुदायको हितमा आवाज उठाएकोमा सांसद अफोर्डलाई धन्यवाद पनि दिए ।
सो अवसरमा सांसद अफोर्डले आफ्ना समर्थक तथा मतदाताहरुलाई धन्यवाद दिएका थिए । उनले आफू यसअघि भन्दा पनि अरु बढी सक्रिय हुने तथा हेन्डनका हरेक नागरिकसम्म पुग्न प्रयास गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा स्कुल, अस्पतालहरूमा लगानी बढाउन तथा साना व्यवसायलाई सघाउन प्रयास गरि नै रहने पनि बताए ।
यस अघि गत शनिवार बसेको बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभाले कोषाध्यक्ष नवीन गुरुङ तथा महासचिव भोला पनेरुले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्यो ।
कार्यक्रममा आमा समूहकी पार्वती गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गरिन् । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रले गएको तीन वर्षदेखि नेपाली बालबालिकाहरुका लागि नेपाली कक्षा सञ्चालन गरिरहेको जनाए । उनले कक्षा निशुल्क रुपमा सञ्चालन भैरहेको जनाउंदै आफ्ना नानीहरुलाई नेपाली कक्षामा पठाउन सबै अभिभावकलाई अनुरोध पनि गरे ।
बार्नेट बरोका उपमेयर लक्ष गुरुङले नेपाली समुदायलाई बार्नेटमा रहेका अरु संघसंस्थासंग सहकार्य गरेर काम गर्न सुझाव दिएका थिए । सभा समाजका उपाध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा बसेको थियो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]