लन्डन । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी टप टेन एड्भाइजर २०१९ अवार्डबाट सम्मानित भएका छन् ।
बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक दर्लामी फाइनान्सियल नेटवर्कको प्रतिष्ठित संस्था न्यू लिफको उक्त अवार्डबाट सम्मानित भएका हुन् । न्यू लिफको अण्डरमा बेलायतमा तीनसय भन्दा बढि सल्लाहकारहरु छन् ।
अवार्डले आफूलाई थप जिम्मेवार बनाएको दर्लामीले बताए । अवार्डपछि उनको व्यवसायिक दक्षताको थप प्रशंसा भएको छ ।
बेलायतको नेपाली समुदायमा लोकप्रिय ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले नियमित रुपमा नेपाली समुदायमा गएर निशुल्क परामर्श समेत दिंदै आएको छ ।
गुल्मी भार्सेमा जन्मिएका दर्लामी ५ सन्तानमध्ये कान्छा हुन् । उनी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल सकेपछि थप उच्च शिक्षा ग्रहण गर्न काठमाण्डौं आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएसन गर्न स्वीट्जरल्याण्ड गए । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तिर्ण गरेपछि नेपालको पर्यटन बजार सम्वन्धमा विद्यावारिधि (पिएचडी) गर्न यूके आएका मीनले यहां आएर प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे । मीनले सर्टिफिकेसन फर मोर्गेजेज, सर्टिफिकेसन फर फाइनान्सियल एडभाइस, पेन्सन ट्रान्सफर स्पेशलिष्ट कोर्ष गरेका छन् । हाल उनी चार्टर्ड सर्टिफिकेसनका लागि परीक्षाको अन्तिम तयारीमा छन् ।
प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स उत्तिर्ण गरेपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । कलेज व्यवसायमा समेत संलग्न दर्लामीले सन् २०१२ देखि एक्सेस फाइनान्सियल सर्भिसेसमार्फत फाइनान्सियल सर्भिसको व्यवसाय शुरु गरेका हुन् । हाल सोही कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स यूके नाममा सञ्चालित छ । लन्डन हयाङर लेन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि उक्त कम्पनीले रेडिङमा पनि शाखा विस्तार गरेको छ ।
ए स्टारले आफ्नो ८ औं वार्षिकोत्सव आगामी २३ डिसेम्बर सांझ लन्डनमा मनाउने तयारी गरिरहेको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?