लन्डन । बेलायतका विभिन्न शहरमा चलचित्र ‘शुभलभ’ प्रदर्शन हुने भएको छ । हाल बेलायत रहेका निर्देशक सन्तोष लोहनीका अनुसार चलचित्र ‘शुभलभ’ ५ जनवरीमा गोल्डेनसीप रेस्टुरेन्ट साउथ हयारो, १२ तारिख प्लमस्टेड वर्किङ मेन्स क्लब र १८ जनवरी रेडिङको द वेयरहाउसमा प्रदर्शन गरिने भएको हो ।
‘शुभ लभ’ लोहनीको निर्देशन रहेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘नारी’ निर्देशन गरेका थिए । महिला कथामा आधारित ‘नारी’ बनाएका लोहनीले ‘शुभ लभ’ भने प्रेमकथामा आधारित रहेर बनाएका छन् ।
‘शुभलभ’ नेपालमा प्रदर्शन भएसंगै अब बेलायतका विभिन्न शहरमा पनि हुने तय भएको हो । बेलायतपछि ‘शुभलभ’ युरोपका विभिन्न देशमा पनि प्रदर्शन गरिने छ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि मुख्य भूमिकामा छन् ।
प्रेम कथामा आधारित भएपनि चलचित्रमा ‘कमेडी’ खुराक पर्याप्त भएकाले दर्शकले भरपुर आनन्द लिन सक्ने निर्देशक लोहनीको विश्वास छ । हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक पनि तान्ने निर्देशक लोहनीको भनाइ छ ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता