लण्डन । बेलायतबाट सञ्चालित मिडिया ‘ह्याब अ मोमेन्ट’ ले आउँदो महिना अवार्ड वितरण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि ‘इन्टरनेसनल नेप्लिज एक्सिलेन्स अवार्ड’ (आइएनइए) कार्यक्रम गर्न लागिएको हो ।
जनवरी ११ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा अवार्ड वितरण गर्ने कार्यक्रम छ ।
ह्याब अ मोमेन्टका निर्देशक नवीन गुरुङका अनुसार बेलायतको नेपाली समुदायमा विशेष योगदान गरेका समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, मिडियाकर्मी लगायत विभिन्न १० विधामा अवार्ड दिइनेछ । त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने केहि बेलायतबासी नेपालीलाई पनि विशेष सम्मान गर्ने योजना छ ।
विभिन्न विधाका अवार्डको विजेता चयनका लागि सोहि क्षेत्रको अनुभव र विज्ञता भएकाहरुलाई राखेर जुरी कमिटी निर्माण गरिएको निर्देशक गुरुङले बताए । सोहि कमिटीले पहिलो चरणमा अर्को साताभित्रै अवार्डका लागि नोमिनेसनमा पर्नेहरुको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने र अवार्ड समारोहमा विजेताको नाम घोषणा गर्ने तयारी छ ।
‘यो अवार्ड कुनै प्रतिस्पर्धाभन्दा पनि समाजमा काम गर्नेहरुको लागि हौसला हो’- निर्देशक गुरुङ भन्छन्, ‘राम्रो काम गर्नेहरुको हौसला बढ्दै जाओस् र सिंगो समुदायलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना छ ।’ अवार्डलाई निश्पक्ष र निर्विवाद बनाउन आफूहरु सचेत रहेको र सोहिअनुसार तयारी भइरहेको उनले बताए ।
‘ह्याब अ मोमेन्ट’ को आयोजना रहने यो कार्यक्रममा एनआरएनए यूके र लेक्स लिम्बू डटकम साथै चर्चित इभेन्ट आयोजकहरु ‘जि नाइन इन्टरटेनमेन्ट’ र ‘सिग्नेचर’ सपोर्टिङ पार्टनरका रुपमा छन् ।
‘यो कार्यक्रम एनआरएनए यूकेले नै गर्न लागेको भन्ने गलत चर्चा बजारमा चलेको जानकारी हामीले पायौँ’-एनआरएनए यूके युवा संयोजक समेत रहेका ह्याब अ मोमेन्ट निर्देशक गुरुङले भने, ‘तर एनआरएनए यूके एक सपोर्टिङ पार्टनर मात्र हो । आयोजना ह्याब अ मोमेन्टको एकल हो ।’
आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नभएर कार्यसमिति बैठकले अनुमोदन गरेरै एनआरएनए यूके सपोर्टिङ पार्टनर बन्ने निर्णय भएको गुरुङको भनाइ छ ।
कार्यक्रम गर्न आवश्यक खर्च व्यवस्थापनका लागि कुनै चन्दा नउठाइएको समेत उनले स्पष्ट पारे । ‘हामीले १ पेनी चन्दा उठाएका छैनौ र उठाउने पनि छैनौं । कार्यक्रम हेर्न आउने दर्शकले लिने टिकट, केहि कमर्सियल प्रायोजक र कम्पनीको आफ्नै लगानीबाट खर्च व्यवस्थापन गर्नेछौं’-गुरुङले भने ।
तीन सय बढि दर्शकले हेर्ने अपेक्षा गरिएको कार्यक्रमको टिकट शुल्क १५ पाउण्ड राखिएको छ । अवार्ड वितरण कार्यक्रममा मनोरञ्जनका लागि नृत्य तथा गीतसहितका आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?