लन्डन । लन्डन निवासी पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिष्पर्धाको पांचौ दिन सोमबार १ सय मिटर
फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।
भारतकी शिवांगी शर्माले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरेर रजत जितिन् ।
गौरिकाले पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भएकी हुन् । तेक्वान्दोका विष्टले नेपालका लागि चार स्वर्ण चार संस्करणमा जितेका छन् ।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण सहित २-२ वटा रजत र कांस्य समेत जितेकी छन् । इकान्तिपुर
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने