
लन्डन – युकेमा मुख्यालय रहेको गैर सरकारी संस्था, ग्लोबल पलिसी फोरम नेपालले कालापानी लगायत क्षेत्रका बारेमा नेपाल तथा भारतबीच उत्पन्न सीमा विवादको अनुगमन गर्न र स्थितिलाई बिग्रन नदिन पहल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई आह्वान गरेको छ ।
एक विज्ञप्ति प्रकाशित गर्दै फोरमले लिम्पियाधुरा, लिपुलेख तथा कालापानी क्षेत्र आफ्नो सीमाभित्र देखाउने नक्शा प्रकाशित गरेर भारतले आफ्नो आक्रामक स्वरुप प्रश्तुत गरेको ठहर गरेको छ । ‘ती क्षेत्रहरुको अवस्थिति स्वतन्त्र नेपाल तथा तत्कालिन औपनिवेशिक भारत बीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्क्यौल भै सकेको हो । नेपाल तथा भारतबीच त्यस पछि भएका सन्धिहरुले सुगौली सन्धिद्वारा निर्धारित सीमालाई मान्यता दिंदै आएका छन् । त्यसैले नेपालसंग सम्पर्क नगरिकनै एक पक्षीयरुपमा नक्शा प्रकाशित गर्ने भारत सरकारको काम गैर कानूनी छ र त्यसको कुनै कानूनी हैसियत छैन’- फोरमले भनेको छ ।
‘कालापानी र सुस्ता क्षेत्रमा रहेको सीमा सम्वन्धि विवाद ऐतिहासिक प्रमाण तथा अन्तर्राष्ट्रिय कानूनका आधारमा समाधान गर्न सघाउन भारत तथा नेपाल दुवै मुलुकलाई सहयोग गर्न ग्लोबल पलिसी फोरम नेपाल तयार छ’- फोरमका अध्यक्ष तथा बेलायतको प्रतिष्ठित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले भने । उनले यो विषयलाई आपसी सम्मान र विश्वासका आधारमा नियमित कूटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्न दुवै मुलुकलाई आग्रह पनि गरे ।
संसारभरि फैलिएका नेपाली विद्वत तथा विज्ञहरुको संस्था, ग्लोबल पलिसी फोरम नेपालले मानव अधिकार, शिक्षा तथा कानूनको विषयमा नेपाल सरकार तथा नेपालीहरुलाई स्वतन्त्र, निस्पक्ष र गैर राजनीतिक नीतिगत परामर्श दिने गर्दछ । फोरमले आगामी मार्च महिनामा लन्डनमा नेपाल भारत सीमा विवादकै विषयमा एक सम्मेलन आयोजन गर्ने तयारी गरिरहेको पनि प्रा. सुवेदीले बताए ।इकान्तिपुर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती