लन्डन । भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेको विरोधमा लन्डनमा गरिने प्रदर्शन तयारी पुरा भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतले २ डिसेम्बर, सोमबार १२.३० देखि १.०० बजेसम्म लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि प्रदर्शन तयारी गरेको हो । तर, उक्त कार्यक्रम कुनै मार्च पास नभइ ‘स्टेटिक’ अर्थात निश्चित स्थानमा आयोजना गरिने विरोध कार्यक्रम भएको संघले जनाएको छ । ‘हामी तोकिएको समय र स्थानमा उपस्थित भएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै विरोधपत्र बुझाउने छौं’- एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भने, ‘स्थानीय प्रहरी प्रशासनबाट सोका लागि अनुमति लिइ सकिएको छ । तर, कार्यक्रम अनुशासित र मर्यादित ढंगले संचालन हुनेछ । नारावाजी, होहल्ला र उत्तेजनालाई निषेध गरिएको छ । अहिले लन्डनको सुरक्षा व्यवस्थामा कडाई गरिएकाले पनि पुलिस प्रशासनले तोकेको सीमा नाघेर गरिएको क्रियाकलापपछि हुने नतिजामा संस्था जिम्मेवार हुने छैन् ।’
अध्यक्ष पुनम गुरुङले विरोध कार्यक्रमका लागि बेलायतवासी नेपालीलाई मध्यान्ह १२ बजे उपस्थित भइदिन अपिल गरेकी छन् । ‘यो राष्ट्रिय मुद्दा भएकाले व्यक्तिगत, जातीय, राजनीतिक वा अन्य दृष्टिकोणबाट नहेरिदिन हाम्रो आग्रह छ’- उनले भनिन् ।
उक्त कार्यक्रमका लागि बेलायतका विभिन्न शहरमा बसेका नेपाली लन्डन आउने बताइएको छ । मिडल्याण्डबाटमात्र झण्डै एकसय २५ जना आउने त्यहांका नेपालीले जनाएका छन् ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ