लन्डन । डिसेम्बर दोश्रो साता हुने ‘मिस वर्ल्ड प्रतियोगिता २०१९’ मा प्रतिष्पर्धा गर्न हाल लन्डन रहेकी मिस नेपाल अनुष्का श्रेष्ठले लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेटघाट गरेकी छन् ।
भेटमा बेलायतमा नेपालीहरुको उपस्थिति, नेपाल ब्रिटेन सम्बन्धको इतिहास र मिस नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि खेल्न सक्ने भूमिका एवं नेपालको राष्ट्रिय प्रतिनिधिहरूका रूपमा आफ्नो क्षमता सक्दो कसरी प्रदर्शन गर्ने भन्ने विषयमा लामो छलफल भएको अनुष्काले जनाएकी छन् ।
‘मैले मेरो बुद्धि विवेक र क्षमताले सक्ने गरि मिस वर्ल्डमा आफूलाई बलियो उपस्थिति जनाउने महामहिमसंग कुरा राखें । मलाई सहयोग र हौसल्ला प्रदान गर्नुभएकोमा नेपाली राजदूतावास परिवार र महामहिम राजदूतज्यूप्रति आभार प्रकट गर्न चाहन्छु’-उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।
राजदूत सुवेदीले शनिबार दूतावास भवनमा आयोजना गरेको कार्यक्रममा आफू सम्मानित भएको पनि उनले उल्लेख गरेकी छन् ।
मिस वर्ल्ड प्रतियोगिता यही डिसेम्बर १४ तारिख लन्डन एक्सेलमा हुंदैछ । अनुष्का विगत १० दिनदेखि प्रशिक्षण र विभिन्न विद्याका प्रतियोगितामा सहभागी हुंदै अन्य प्रतियोगीहरुबीच नेपाल चिनाउने प्रयत्न गरिरहेकी छन् ।
तस्विर- शंकर श्रेष्ठ/प्रोडक्सन थ्री
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित