लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरशटस्थित शिव मन्दिरमा स्थापना गर्न ५०० किलो बराबरको शिव लिङ्ग प्रदान गरेका छन् । लामिछानेले पाञ्चयन मूर्ति पनि दान गरे । काठमाडौँमा नेपाली कालिगढले बनाएका ति सबै मूर्ति लामिछानेको सौजन्यमा एयर कार्गो गरी नेपालबाट मगाइएको हो ।
लामिछानेले यसअघि मन्दिर स्थापनाका लागि झन्डै १६ हजार पाउण्ड आर्थिक सहयोग गरेका थिए। उनले आगामी दिनमा पनि मन्दिरका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको बताएका छन्।
लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा लामिछानेले उक्त मूर्तिको प्रतिकृति बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे। राजदूत सुवेदीले सो मूर्ति शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहितकुमार गुरुङलाई हस्तान्तान्तरण गरेका थिए।
राजदूत सुवेदीले मठ, मन्दिर, गुम्बा थपेर बेलायतलाई सानो नेपाल बनाउन आग्रह गरे। उनले यस्ता संस्कृतिक सम्पदाले नेपाली नेपालीबीच एकता बढाउन मद्घत पुग्ने बताए । राजदूत सुवेदीले ‘वसुधैव कुटुम्वकम् ‘ को मर्म अनुरुप सनातन परिवारका सबै सदस्यहरुलाई समावेश गरेर अगाडी बढ्न पनि आग्रह गरे। उनले अल्डरसटको घना नेपाली वस्तीको बीचमा नेपाली मन्दिर स्थापना गरिएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

सो अवसरमा शिव सांस्कृतिक तथा सामुदायिक केन्द्र अल्डरसटका अध्यक्ष रोहित कुमार गुरुङले समाजसेवी, धर्मसेवी लामिछाने लगायत मन्दिर स्थापना गर्न सघाउने सबै सहयोगीलाई धन्यवाद दिए ।
समारोहको शुरुमा पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए। शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका महासचिव विक्रम भट्टराईले सम्भव भए सम्म आउंदो शिवरात्रीमा प्राण प्रतिस्ठा गरी सबै मूर्तिहरुलाई मन्दिरमा स्थापना गर्ने योजना रहेको बताएका छन् ।
तस्बिरहरु- शिब भण्डारी
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे