
लण्डन । बेलायतका नेपाली दलित जाती सार्की/मिजारहरु संगठित भएका छन् । उनीहरुले ‘नेपाली वेलफेयर सोसाइटी युके’ गठन गरेका हुन् । गत २४ नोभेम्बर आइतबार हन्स्लो वेष्ट, लण्डनस्थित स्पोर्टस् क्लबमा सम्पन्न भेलाले धनबहादुर सार्कीको अध्यक्षतामा संस्था गठन गरेको हो । सार्की सिर्जनशिल नेपाली समाज युकेका निवर्तमान अध्यक्ष हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिव शर्मिला नेपाली, सचिव शमसेर नेपाली, कोषाध्यक्ष थमबहादुर रोका र सह-कोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आशा देवी रोका, धबीन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् । भेलाले सोसाइटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ ।
कार्यक्रममा सोसाइटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना सहित बधाई दिए ।
त्यस्तै, सोसाइटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
साथै, उक्त भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंगभेद दिवस आगामी २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।
धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न उक्त भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायत बिषयमा आ- आफ्ना धारणा राखेका थिए ।
आफ्ना सदस्यहरुबीच सुख–दुःख बाँड्ने, सहयोग आदानप्रदान लगायत उद्देश्यका साथ सोसाइटी स्थापना भएको हो । बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली र आफ्नो समुदायका सदस्यहरुको हकहित, कल्याण एवं पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई संस्था स्थापना गरिएको जनाइएको छ । भेलामा संयोजक सार्कीले सार्की समुदायबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक धनबहादुर सार्कीले सहभागी सबैलाई धन्यवाद दिंदै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा