
लन्डन । चर्चित गायक तथा संगीत शिक्षक अमृत क्षेत्रीले बर्न्टओकस्थित नेपाली कक्षामा अध्ययनरत बालबालिकालाई नेपाली गीत-संगीत सिकाएका छन् । नेपाल सेन्टर युकेको आमन्त्रणमा हाल बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा शनिवार बिहान आयोजित एक कार्यक्रममा बेलायतमा हुर्कीरहेका बालबालिकालाई गीत/संगीत सिकाएका हुन् ।
‘संगीत यस्तो माध्यम हो जसले हाम्रो भाषा, संस्कृति जोगाउन मद्दत गर्छ’-क्षेत्रीले भने-‘संगीत सुनेर सिकिने विषय हो त्यसैले घरमा, गाडीमा नेपाली गीत लगाइ दिनोस्, बालबालिकाले सुनेरै सिक्छन् ।’
क्षेत्रीले गुरु वन्दना पछि ‘फूलको आँखामा फूलै संसार’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘नेपाली हामी रहौंला कहाँ
नेपालै नरहे’, ‘रेशम फिरिरी…’ जस्ता गीत गएर सुनाएका थिए । त्यस्तै, गायिका रचना ज्ञवालीले ‘बालक हामी पबित्र मनका सुन्दर कोपिला’ भन्ने गीत सुनाइन् भने नेपाली कक्षाका स्वयंसेवी संगीत शिक्षक उमेश खड्काले गितारमा साथ दिए ।

कार्यक्रमको शुरुमा बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ र केन्द्रका अध्यक्ष सुमन प्रधानले गायक क्षेत्री तथा नेपाल सेन्टरका संस्थापक अध्यक्ष निर्मलकुमार थापालाई स्वागत गरेका थिए ।
कार्यक्रम संचालन केन्द्रका सल्लाहकार भोला पनेरुले गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसीका पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायत अभिभावकहरुको पनि उपस्थिति थियो ।

रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे