लन्डन-नेपालीहरुको प्रमुख चाड छठ लन्डनमा भव्य कार्यक्रम गरी मनाइयो ।
छठको अवसरमा नेपाली मधेसी संघ युकेद्वारा साउथ ह्यारोमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले छठ सबै नेपालीहरुको साझा पर्व बनिसकेको बताए ।
उनले नेपालको राष्ट्रिय गानमा भने जस्तै विभिन्न जातजाति मिलेर नेपाली समाज बनेको स्मरण गरे । उनले नेपाली नेपाली बीचको एकता, समझदारी, भ्रातृत्व र प्रेमलाई बढावा दिंदै सिंगो र सुन्दर नेपाली माला कहिल्यै नटुटाउन आग्रह पनि गरे । उनले मधेसी भएकोमा गर्व गर्नुका साथै नेपाली मधेसी हुनुको गौरव कायम गर्न पनि आग्रह गरे ।
शुभकामना दिंदै गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले छठ पर्व सबै नेपालीहरुको साझा पर्व भएको बताउंदै सूर्यनारायणको व्रत गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनले सबैलाई छठको शुभकामना पनि दिए । हालै सम्पन्न एनआरएनए चुनावतर्फ इंगित गर्दै आचार्यले गल्ती गर्नेहरुको आत्मबल कमजोर हुन्छ, तर आत्मालाई धोका नदिनेले भने जिन्दगी भरि आनन्दित महसूस गर्ने बताए । उनले यसबारे थप खुलाएनन् ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आइसीसी सदस्य सुशीला राई, गैर आवासीय नेपाली संघ युकेका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनार, काउन्सिलर प्रवेश केसी, हिलिङ्गडन गोर्खा नेपाली समाजका अध्यक्ष छत्र लिम्बु लगायत वक्ताले पनि छठ पर्वको शुभकामना दिएका थिए।
आयोजक संस्थाका अध्यक्ष भाग्यनारायण रायले गएको १२ वर्ष देखि समाजले बेलायतमा छठ पर्व मनाउंदै आएको बताउंदै उपस्थित सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा डन्डिया नृत्य प्रस्तुत गरिएको थियो भने समाजका महिला सदस्यहरुले स्वागत गान गाएका थिए ।
तस्बिर-शिब भण्डारी
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे