लण्डन । ब्रिटिश अभिनेत्री जोअना लुम्लेलाई नेपालको प्रबर्धनका लागि ‘गुडविल एम्बासेडर’ घोषणा गरिएको छ ।
बिहीबार बेलायती संसद परिसरमा आयोजित एक कार्यक्रममा अभिनेत्री लुम्लेसहित बेलायतका सर्वाधिक धनाढ्य व्यापारिक घराना हिन्दुजा ब्रदर्सका गोपीचन्द हिन्दुजा, बेलायती उपल्लो सदनकी सदस्य ब्यारोनेस बर्मा लगायतलाई ‘हिमालयन अवार्ड’ तथा ‘गुडविल एम्बासेडर’ घोषणा गरियो ।
लुम्लेको नेतृत्वमा पूर्व गोर्खा सैनिक र उनका परिवारलाई बेलायतको आवासीय अधिकारको सफलतापूर्वक अभियान सन्चालन गरिएको थियो ।
नेपाल सेन्टर युकेले आयोजना गरेको सो कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी पनि सरिक थिए ।
सो अवसरमा पवित्रमान शाक्य, सेन्टरकी सदस्य स्नेहा शाक्य श्रेष्ठ र अमित क्षेत्रीले नेपाली गीत/संगीत प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाली कला संस्कृति झल्कने सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपालमा पर्यटक पठाउने कम्पनीहरूलाई पनि सम्मान गरियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण