
लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई लन्डन उत्रिएका छन् । मन्त्री भट्टराई आगामी नोभेम्बर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिसन सेन्टरमा हुने ‘वल्ड ट्राभल मार्ट’ मा सहभागी हुन लन्डन उत्रिएका हुन् ।
मन्त्री भट्टराईको बेलायत भ्रमणले नेपाल सरकारले तय गरेको ‘भिजिट नेपाल २०२०’ मा उल्लेख्य पर्यटक नेपाल जान प्रेरित गर्ने अपेक्षा गरिएको छ । अहिले नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वार्षिक ६० हजार बढि छ । तर, भ्रमण वर्षका बेला त्यो संख्या कम्तीमा एक लाख पुरयाउने राजदूत डा. दुर्गाबहादुर सुवेदीको अठोट छ ।
मन्त्रीलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरण, पूर्व प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत नेकपाका नेताहरु हिथ्रो विमानस्थल पुगेका थिए । मन्त्री भट्टराईसहित मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी अध्यक्ष दिपक जोशी, अधिकृत लक्ष्मण गौतम लगायतको टोली पनि लन्डन आइपुगेको छ ।
करिब साता लामो बेलायत भ्रमणका क्रममा मन्त्री भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावासमा गर्ने स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दूतावासको कार्यक्रम नेपाल भ्रमण वर्ष अभियानमा केन्द्रित हुनेछ ।
लन्डन बसाईका क्रममा मन्त्री भट्टराई नेकपा बेलायतले गर्ने स्वागत कार्यक्रम तथा एनआरएनए यूकेले गर्ने अन्तरक्रियामा समेत सहभागी हुनेछन् ।
तस्विर- शिव भण्डारी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक