
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
खड्काले बेलायतको वेष्ट बाइ फ्लीटमा सञ्चालित आफ्नो ‘न्यू हवेली रेष्टुरेन्ट’ को वार्षिकोत्सव कार्यक्रममा संकलित करिब १ लाख ७० हजार रुपैयां नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । गत २८ अक्टोबर सोमबार रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ग्राहकले स्वतस्फूर्त चन्दा प्रदान गरेका थिए । खड्काले मानव सेवा आश्रमको कामबाट प्रभावित भएर सहयोग गरिएको जनाउंदै चन्दादाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
गत फेब्रुअरीमा मात्र खड्काले मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरेका थिए । उनले संस्थापक अध्यक्ष रामजी अधिकारीलाई बेलायतमा निमन्त्रणा गरेर विभिन्न कार्यक्रम तथा च्यारिटी समेत गरेका थिए ।
एनआरएनए यूके उपाध्यक्ष खड्का व्यवसाय अलवा समाजसेवामा आफूलाई क्रियाशिल गराउन रुचाउंछन् । उनी गत महिना चितवन पुगेर सडक वालवालिकाहरुको उद्धारका लागि आफैं खटिएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे