
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा एनआरएनए अभियन्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छन् । आईसिसी सदस्य राईले एनआरएनए अभियानमा केन्द्रमा रहेर काम गर्ने प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
तीन कार्यकाल २०१३ देखि हालसम्म आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरेकी राई सामाजिक अभियानमा निरन्तर छन् । गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको राईले बताइन् ।
‘मातृभूमीको समृद्धिका लागि गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोडने मेरो लक्ष्य हो, यसैका लागि सचिव पदमा उम्मेद्वार बनेको छु’-राईले भनिन् । राईले आईसिसी सदस्य हुनुभन्दा अघि एनआरएनए युकेको सचिव भएर काम गरेको अनुभव छ ।
राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् ।
बिश्वभरका एनआरएनएबीच परिचित राई कुल आचार्य समुहको पहिलो सूचीमा पर्नुभएको छ । गलत काम भएमा कसैसँग संझौता नगर्ने राईलाई जिताउन युरोप, अमेरिकादेखि मिडल इष्टका मतदाताले अभियान चलाएका छन् । आम मतदाताले जित्नै पर्ने उम्मेद्वारको सूचीमा पारेको कारण राई निकै बलियो उम्मेद्वारका रुपमा देखिनुभएको छ ।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट प्रतिनिधिहरु सहभागी छन् । आज चार बजेबाट हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।
सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता छ ।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय